यम सि सी पारित हुन्छ:मन्त्री ज्ञवाली

रामकृस्ण कंडेल

नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ऊर्जाको प्रसारण लाइन विस्तार सम्बन्धी अमेरिकी सहयोग सम्बन्धी सम्झौता(यम सि सी)को बारेमा पार्टीको स्थायी समितिको बैठकमा छलफल भएको जानकारी दिँदै सम्झौतामा रहेका कमी कमजोरीहरु हटाउने र परिमार्जन गरी पारित गर्ने निर्णय भएको बताउनुभएको छ ।’अमेरिकी सरकार सँग पत्राचार गरेर अस्पष्टता लाई हटाई पारित हुन्छ’मन्त्री ज्ञवालीले उक्त कुरा बताऊनु भएको हो।

आफ्नो गृह जिल्ला गुल्मी मा आयोजित विभिन्न महत्वपुर्ण कार्यक्रमहरुमा सहभागी हुन आज गुल्मीको सदरमुकाम तम्घास आइपुग्नुभएका मन्त्री ज्ञवालीले नेकपा एकतावद्ध हुनु भनेको देश एकतावद्ध हुने बताऊनु भएको छ।नेपाल पत्रकार महासंघ गुल्मी शाखा द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपाको स्थायी कमिटीको बैठकले मुलत प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)पार्टी सञ्चालनमा केन्द्रित रहने निर्णय गरिएको जानकारी गराउँदै पार्टीको आन्तरिक जीवनलाई स्थायी कमिटी बैठकले संकटमुक्त बनाएको बताउनुभएको छ।नेकपाको स्थायी कमिटी सदस्य समेत रहनुभएका ज्ञवालीले भन्नुभयो ‘सबै शुभचिन्तक हरूको खबरदारी ले पार्टी विभाजन जोगिएको हो’।

हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकले चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिदै ज्ञवालीले स्थायी समिति बैठकले सामाजिक सञ्जालमार्फत पार्टी तथा नेताहरुको विपक्षमा भ्रम हरू सिर्जना गर्ने खालका लेख तथा कमेण्ट अरु लेख्न नपाइने निर्णय गरिएको समेत जानकारी दिनुभयो।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक र कालापानिको विषयमा प्रकाश पार्दै नेपाल सरकारले नयाँ नक्सा प्रकाशन गरेपछि निरन्तर रुपमा भारतीय पक्षलाई घचघचाउदै आएको बताउनुभयो।मन्त्री ज्ञवालीले सीमावर्ती क्षेत्रका नागरिकलाई सेवा पुर्याउनका लागि सडक निर्माण गर्ने,राज्यको उपस्थिति जनाउने, सीमा सुरक्षा लाई कडाईका साथ ध्यान दिइरहेको बताउनुभयो।मन्त्री ज्ञवालीले पछिल्लो समय भारतीय पक्षसँग सम्पर्क सुरु भएको समेत जानकारी दिनुभएको थियो। भारतिय स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री बीच भएको टेलिफोन संवाद बारेमा प्रकाश पार्दै मन्त्री ज्ञवालीले दुईपक्षबीच विभिन्न बैठकहरु सम्पन्न भएको जानकारी दिनुभयो।

देशको पछिल्लो अवस्थाको बारेमा प्रकाश पार्दै पराष्ट्र मन्त्री ज्ञवालीले कोभिड संकट र आर्थिक संकट दुबै सँग नेपाल जुधिरहेको बताउनुभयो। नेपाल पत्रकार महासंघ गुल्मीको आयोजनामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सभासद कमलराज श्रेस्ठ, नेकपा गुल्मीका पार्टी जिल्ला सचिव विरबहादुर कार्की लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष नवराज भुसालको अध्यक्षता र पत्रकार घनश्याम खरेलको सञ्चालनमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो।

आजै गुल्मी तम्घासमा पीसीआर परिक्षण ल्याव मन्त्री ज्ञवाली द्वारा उदघाटन भएको छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको