मृत भेटियाे जँगलि जनावर:कृष्ण अन्जान
-
- By : रामकृस्ण कंडेल
-
- समाचार

कृष्ण अन्जान
गुल्मीको रुरुक्षेत्र गाउँ पालिका वडा न १ सालविसौना नजिकै अज्ञात बन्यजन्तु मृत अवस्थामा रहेकाे छ ।तानसेन रिडी तम्घास माेटर बाटाेकाे छेउमा मृत अवस्थामा रहेकाे उक्त बन्यजन्तु कसरी मर्याे यसवारे जानकारी नभएपनि सडक नजिकै भएकाले गाडिकाे ठक्करबाट बन्यजन्तु मारिएकाे र सडक छेउमा फालिएकाे हुन सक्ने स्थानिय वासिन्दा काे भनाइ छ ।

मृत अवस्थामा टाटेपाटे उक्त जनावर रिडी बजार झर्ने क्रममा स्थानिय हरुले देखेका थिए ।जँगलि चितुवा प्रजातिकाे बन्यजन्तु भएकाे अनुमान गरिएकाे छ ।याे क्षेत्र अत्यधिक बन क्षेत्र भएकाले पछिल्लो चरणमा नया प्रजातिका जँगलि जनावर अाउने गरेका छन ।
जँगलि क्षेत्रमा सडक रहेकाे र सडक पार गर्दा जँगलि जनावर दुर्घटनामा पर्ने गरेका छन ।