वडा अध्यक्ष मा मेरो उम्मेदवारी किन?

प्रबिन घर्ती मगर,सल्यान✍️

म एक राजनीति बुजेको साथै समाज परिवर्तन गर्ने ढाचा कोरेको पोलिटिकल युथ स्ट्रकचरल इन्जिनियर हुँ । राजनीति र समाजमा म जस्तो युवा र उमेर ले अपरि पक्व व्यक्ति किन ? धेरैले प्रश्न गर्छन् । प्रश्न गर्नेले कि वडा अध्यक्ष को काम बुझेको छैन, कि पोलिटिकल युथ स्ट्रकचरल इन्जिनियरको ।

# युथ पोलिटिकल सिभिल इन्जिनियरिङ

राजनिति एउटा सभ्यता र सस्कार हो । सिभिलाइजेसनभित्र बाटो, घर, पब्लिक हेल्थ, शिक्षादेखि विकासका सबै आवश्यक पूर्वाधार पर्छ । सभ्यता विकास गर्न कसैले सक्छ भने त्यो सिभिल इन्जिनियरले । विकासलगायत समाजका हरेक काम पोलिटिकल सिभिल इन्जिनियरिङबाटै सुरु हुन्छ । हरेक वडा पालिकाको योजना हेर्नुभयो भने ८० प्रतिशतभन्दा बढी योजना सिभिल इन्जिनियरिङको कर्ममा निर्भर भएका हुन्छन् । तर अहिलेसम्मका वडा अध्यक्ष हरूले बुझ्नु भएको पनि छैन कि बुझेर पनि गर्नु भाको छैन । कि विकास कसरी हुन्छ भनेर । सबै पक्षको जानकारी भएको व्यक्ति म किन चुप लाग्ने भनेर वडा अध्यक्ष मा उठ्ने घोषणा गरेको हो । मेरो विचारमा जुनै वडापालिकाको पनि वडाका लागि उपयुक्त व्यक्ति political youth civil engineer नै हो ।

# १३ न वडा नै किन ?

पहिलो कुरो म शारदा नगरको र खास १३ को स्थानीय बासिन्दा हो । आफू जन्मेको ठाउँबाहेक स्थानीय निर्वाचनमा अन्य स्थानबाट उठ्न पाइँदैन । शारदा भनेको जिल्ला को प्रतिनिधि नगर पालिका हो । शारदा ले नबालेसम्म कहीँ केही परिवर्तन हुनेवाला छैन । जिल्ला मा जति पनि आन्दोलन भए, ती प्रायः शारदा बाट सार्थक भएका छन् । त्यही भएर नगर रोजेको हो जिल्ला को प्रतिनिधि वडा १ भएपनि प्रतिनिधि नगर शारदा नै हो ।

अर्को कुरो जनसङ्ख्या, प्रतिनिधित्व र प्रविधि हरेक हिसाबले शारदा भनेको आधा आधा जिल्ला हो । शारदा वासीसँग घर, गाडीलगायत सबै सुविधा छ, तर जनता भने खुसी छैनन् । शारदा १३का वडा वासीलाई खुसी पार्ने विषयमा कसैले सोच्दैन हाम्रो नेतृत्व ले बिकास भन्नाले बाटो खन्नु मात्र हो । ‘मेन्टल हेल्थ’को अर्थ पनि हाम्रा अहिलेका नेताहरुलाई थाहा छैन । उनीहरुको विचारमा विकास, शिक्षा र पैसा भए पुग्यो भन्ने छ । उनीहरु वडा पालिकामा कति मानिस खुसी छन् भनेर सोचदैनन ? ।

नगरको र मेरो वडाको समस्या र चाहना मैले जति गहिरिएर बुझेको छु मेरो उमेर का अरू युवा ले बुझेका छैनन् जस्तो लाग्छ । नगरको १५वटै वडामा मेरा समर्थक र सहकर्मी छन् । म सेकेन्डरी डाटामा धेरै विश्वास गर्दिन । त्यसरी विश्वास गरेको परिणाम हामीले भोगिरहेका छौँ ।

पैसा तिर्न जाँदा पनि तीन दिन धाउनुपर्ने बाध्यता छ । ससानो कुरोमा हाम्रो कमीकमजोरी छन् । त्यो सबै सुधार्ने भनेको सिभिल इन्जिनियरले नै हो । अर्थात हामि समाज परिवर्तन गर्ने चहाने युवा जुनै वडा पालिका वा नगरपालिकाको ८० प्रतिशत योजनाको टर्म political youth civil engineer हो । त्यसपछि आउन कुरो अन्य हुन् । त्यसैले, कसैले सिभिल इन्जिनियर अध्यक्ष किन ? भन्छ भने उसले अध्यक्ष को काम र सिभिल इन्जिनियरको काम बुझेको रहेनछ भनेर म बुझ्छु ।

कतिपयले राजनीतिका पुराना हस्तिले सफलता पाउन गाह्रो हुने स्थानमा तपाईंलाई सफलता मिल्ला र भन्ने प्रश्न सोधिरहेका छन् । मेरो विचारमा अध्यक्ष भनेको काम गर्ने थलो हो, राजनीति गर्ने होइन । त्यहाँ योग्य र कामको जानकारी भएको जानुपर्छ । राजनीतिशास्त्र पढेर आउँदैमा अध्यक्ष को कामको मेसो पाउँदैन । म अध्यक्ष उठेर जित्छु भन्ने छ किन भने समाजले आमुल परिवर्तन चाहेको छ परिवर्तन मात्र होइन ।

# वडाको समस्याबारे जानकार

वडाको समस्या र चाहना मैले जति गहिरिएर अरूले बुझेका छैनन् कि जस्तो लाग्छ । साबिक का ५ वटै वडामा मेरा समर्थक र सहकर्मी छन् । म सेकेन्डरी डाटामा धेरै विश्वास गर्दिन । त्यसरी विश्वास गरेको परिणाम हामीले भोगिरहेका छौँ । मसँग घर घरको, व्यक्ति व्यक्तिको डाटा छ । साबिक ५ वटा वडामा कति घर छन् र तिनको समस्या के हो ? म पुरै जानकार छु ।

सबैका समस्या समाधानका उपाय पनि मसँग छन् । बाटो, घरदेखि हरेक कुरो मलाई थाहा छ । म ५ वर्षमा मेट्रो रेल कुदाउँछु भनेर गफ दिन्न । किनभने इन्जिनियर हो । त्यसको सम्भावना छ, छैन जानकारी हुन्छ । साबिक ५ वटा वडामा बनेका पुल, बाटोलगायत संरचना निर्माणमा म जस्ता युवा हात पाखुरा को संलग्नता छ तर अव म बौध्दिक र बैचारिक्ता को संलग्नता गराउन चाहान्छु ।

सबै दलपछि लाग्न थाले मैले वडा अध्यक्ष मा उठ्ने घोषणा गरेपछि धेरैले सोधखोज गरेका छन् । कतिले फोन गरेर, कतिले प्रतिनिधि नै पठाएका छन् । हाम्रो पार्टीमा तपाईंजस्तो मानिस चाहिन्छ आउनुस् भनेका छन् तर म जवज लाइ राजनीतिक सिदान्त मान्ने युवा हु ।

वास्तवमा मैले पार्टीलाई शृङ्गार दिन्छु भनेर बोलाएका हुन् । मलाई भने हजुर को पार्टीको आवश्यकता छैन । हामीसँग भएका युवा पार्टीभन्दा माथि छन् । युवाको क्षमता कति छ भन्ने कुरो म मार्फत प्रस्तुत हुनेछ । युवा भन्नाले अघिल्लो निर्वाचन मा काठमाडौँ महानगरको मेयरको उम्मेदवार रञ्जु दर्शना जस्तो होइन । त्यसबेला उनी त भर्खर प्लस टु पढ्दै थिइन् । उनी योग्य हो, होइन बाहिर आएन । म एउटा सक्षम बैचारिक युवा नेतृत्व पनि हो, ‘एक्सप्यारेन्स’ पनि हो र बूढो पनि होइन । त्यसैले त राजनीतिक दल मा आवद्द भएको हु।

# स्वतन्त्र उम्मेदवार

वडा का मानिसमा पार्टीका उम्मेदवार, स्वतन्त्र उम्मेदवार भन्दा पनि यो उम्मेदवार ठिक हो, होइन भन्ने चेतना छ । पहिले उनीहरूसँग म जस्तो युवकको ‘अप्सन’ थिएन । यो पटक उहाँहरूसँग म ‘बेष्ट अप्सन’को रूपमा आएका छु । म भन्दा पनि राम्रो काम गर्न सक्ने, योग्य असल मानिस देखेँ भने म पनि सपोर्ट गर्छु । चाहे त्यो स्वतन्त्र उठोस् वा पार्टीबाट । मलाई उसले मेरो भन्दा राम्रो काम गर्छ भनेर विश्वास भने हुनुपर्‍यो ।

मेरो उम्मेदवारीको कुरो सबै १३ वडा बासि र समग्र नेपाली युवा को भावना हो । फरक यति मात्र हो मैले आँट गरे, अरूले गरेका छैनन् । कतिपयले तपाईं कुनै पार्टीको होइन , कसरी उठ्न पाउनुहुन्छ ? समेत सोध्छन् । मतदाताल

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।