गुल्मी मजुवा नजिक भएको सडक दुर्घटनाका घाईते वामीटक्सारका युवा मिलन श्रेष्ठको स्वास्थ्य अबस्था कस्तो छ?

रामकृस्ण कंडेल,वामीटक्सार

✒गुल्मीको मजुवा नजिक सोतामा केही दिन अगाडी भएको सडक दुर्घटनाका घाईते वामीटक्सारका २४ बर्षिय युवा मिलन श्रेष्ठको स्वास्थ्य अबस्थामा क्रमीक सुधार आएको पारिवारिक श्रोतले जानकारी दिएको छ।गत कार्तिक २८ गते दिउस क़रीब ४बजे उल्लिखोला बाट आफ्नो घर वामीटक्सार फर्की रहेको अवस्थामा रिडी-रूद्रबेनी-वामीटक्सार सडक खन्ड अन्तर्गत चन्द्रकोट गाँउपालिका ७ रुपाकोट सोतामा ठक्कर दिएको थियो।सोता भन्ने स्थानमा बिपरीत दिशा तर्फ गईरहेको सिध्दार्थ ग्यॉस उद्योगको लु १ क ३४८७ नं.को ट्रकले लु ५३ प ४६३० नम्बरको मोटर साईकलमा सवार श्रेष्ठ लाई ठक्कर दिएको थियो।ठक्कर दिए पछी ट्रक त्यहॉ बाट फरार भएको थियो।सडकमा लडिरहेका श्रेष्ठ लाई स्थानिय हरूको सकृयतामा तत्काल उपचारको लागी पाल्पा स्थित प्रभास हस्पिटलमा पठाईएको थियो भने फरार ट्रक र ट्रक चालक लाई सोहि दिन गुल्मी खैरेनी स्थित प्रहरी चौकीको सकृयतामा नियन्त्रणमा लिईएको थियो।

उता दुर्घटनाका गंभीर घाईते मिलन श्रेष्ठको पाल्पा स्थित प्रभास हस्पिटलमा उपचार शंभब हुन नसके पछी भरतपुरको पुरानो मेडिकल कलेजमा पुर्याईयो।यता दिपावलीको पुर्ब सन्ध्यामा वामीटक्सारबासी हरू लाई यस क्षेत्रका सरल ,सहयोगी सबैका पृय युवा मिलन दुर्घटनामा परेको खवरले निकै पिडा दियो।के हुने होला,कसो हुने होला भन्ने कौतुहलता तथा डर पनी देखा पर्यो।

सडक दुर्घटनाका घाईते मिलनको उपचार कसरी अगाडी बढ्यो?

दुर्घटनामा परी सडकमा छटपटाई रहेका घाईते मिलन श्रेस्ठ लाई स्पाल्पा पठाईयो।को सोही दिन कार्तिक २८ गते राती पाल्पा स्थित प्रभास हस्पिटलमा उपचार शंभब हुन नसके पछी भरतपुरको पुरानो मेडिकल कलेजमा पुर्याईयो।अस्पतालमा १ दिन भेन्टिलेटर,४ दिन आई सि यु मा राखेर उपचार गरिएको मिलनका काका चिरन्जिबी शाक्यले बताऊनु भयो।शाक्यका अनुसार ऐले मिलन लाई सर्जिकल वार्डमा राखी उपचार गरिएको छ।

घाईते मिलनको उपचारको क्रममा के के गरिएको छ?

घाईते मिलनको मुखको अप्रेसन गरी प्लेट लगाईएको छ।मुखमा ४ ओटा दॉत हरू खसेकोले त्यसले थप समस्या ल्याएको छ।देब्रे हातमा अप्रेसनगरी कॉटा लगाईएको छ।अप्रेसन गरिएको हातको पुन अप्रेसन गर्नु पर्ने छ त्यस पश्चात स्टील  लगाऊनु पर्ने डाक्टर हरूको सुझाव रहेको बताईएको छ।दाईने हातमा ऐले ब्यान्डेज गरिएको थियो र हिजो त्यो हातको पनी अप्रेसन गरिएको छ। मिलनको उपचारको क्रममा हाल सम्म साढे पॉच लाख खर्च भईसकेको छ।

मिलनको बर्तमान स्वास्थ्य अवस्था कस्तो छ?

अस्पतालमा ऐले मिलनले जाऊलो खान शुरू गरेका छन।मुखको अप्रेसन गरिएकोले बोल्न दिईएको छैन।दॉत हरू पछी राख्ने बताईएको छ।ऐले मिलनको उपचारको क्रममा बुवा दलप्रसाद शाक्य(बिमल)र काका टोपबहादुर शाक्य भरतपुरमा रहेको बताईएको छ।

मोटर साईकल लाई ठक्कर दिने ट्रक ऐले मजुवा प्रहरी कार्यलयको नियन्त्रणमा राखिएको छ।मिलन उपचारको क्रममा अझै न्युनतम २ महिना अस्पतालमा रहनु पर्ने उपचारमा खटिएका डाक्टर हरूको सुझाब रहेको छ। मोटर साईकलमा सवार यात्रु लाई ट्रकले ठक्कर दिए पश्चात ट्रकले मानबियताको आधारमा उध्दारमा नजुटी एकाएक आफ्नो गाडि सहित दुर्घटना स्थल बाट चालक फरार हुन खोज्नु रहस्यमय छ।यस खवरले धेरैमा आक्रोश जन्मिएको थियो।

यसै प्रसंगमा हिजो गुल्मीको मजुवा प्रहरी चौकीमा दुबै पक्ष बिच सहमती जुटेको छ।हाल सम्मको उपचार खर्च सहित घाईते मिलनको आगामी उपचार खर्च समेत ट्रक पक्ष शिध्दार्थ ग्यॉस उद्धोगले ब्यहोर्नेगरी सहमती भएको छ।

हिजोको छलफलमा मुनपा-७का वडाध्यक्ष प्रकाश काफ्ले,नेपाली कांग्रेस मुसिकोट नगरसभापति शुदर्शन शाक्य,मिलनका काका चिरन्जिबी शाक्य,शुरेस श्रेस्ठ,शिध्दार्थ ग्यॉस उद्धोगका लेखापाल शिबप्रसाद भन्डारी लगायतको उपस्थिती रहेको थियो।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको