गुल्मीको मालारानीमा खुला पुरूष तथा महिला भलिवल प्रतियोगिता हुने

कृष्ण अन्जान / रामकृष्ण कँडेल

ताराखसे युवाक्लव मालारानीले अाफ्नाे स्थापनाकाे नवौँ वार्षिकाेत्सवकाे अवसर पारेर खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिताकाे अायाेजना गर्ने जनाएकाे छ ।चैत्र २६ गते देखि २९ गते सम्म पवित्र तपाेभुमि सालिमेकाे काखमा अायाेजना गरिन लागेकाे प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलले नगद ३० हजार मेडल र प्रमाणपत्र, द्दितिय हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र साथै तृतिय हुने टिमले १० हजार नगद,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

यसै गरि महिला तर्फ प्रथम हुनेले नगद १२ हजार, मेडल र प्रमाण पत्र, द्दितिय हुनेले ८हजार नगद सहित मेडल र प्रमाण पत्र सँगै तृतीय हुनेले ४ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।प्रतियोगितामा पुरुष तर्फ एक हजार पाँच सय र महिला तर्फ एकहजार टिम दर्ता शुल्क राखिएकाे छ ।

विकास अनुशासन र गतिशिलता अाजका युवाहरुकाे अावस्यकता भन्ने नाराका साथ अाफ्नाे वार्षिकोत्सबमा खेलकुद प्रतियोगिता लाई जाेडेकाे अायाेजक ताराखसे युवाक्लव मालारानिका सदस्य तथा लुम्बिनी प्रादेशिक रेफ्री नबीन छन्तेलले युनिक खवर डट कम लाई जानकारी दिनु भएको छ ।छन्तेलका अनुसार क्लवले वार्षिकोत्सबकाे उपलक्षमा स्थानिय तथा राष्ट्रिय कलाकार हरुलाइ समावेश गर्दै बृहत साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी छ ।

मालारानि तथा सालिमे तपाेभुमीकाे साँस्कृतिक र ऐतिहासिकता काे प्रचार प्रसार सँगै याे क्षेत्रमा अान्तरिक तथा वाह्य पर्यटक हरुकाे गन्तव्यका रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धनमा समेत क्लवले जाेड दिने बताइएकाे छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।