२८ टिमलाई पछि पार्दै जित्यो सुर्योदय युवा क्लबले भलिबल गेम

रामकृस्ण कंडेल,वामीटक्सार✍️

गुल्मीको मालारानीमा आयोजित खुल्ला भलिवल प्रतियोगितामा सुर्योदय युवा क्लब,वामीमैदान गुल्मीले प्रथम स्थान जित्न सफल भएको छ ।बागलुङ जिल्लाको गल्कोट नगरपालिका डॉडाखेत भलिबल समूह र सुर्योदय युवा क्लब बिच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।दुवै टिमका खेलाडीहरुले प्रस्तुत गरेको खेल निकै आक्रामक भएकोले दर्शकहरुले निकै मन पराएका थिए।

ताराखसे युवा कलव मालारानी गुल्मीले आफ्नो नबौं वार्षिकोत्सवको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको थियो।खुला भलिबल पुरुष तर्फ २८ टिम र महिलाहरु तर्फ ६ टिमको सहभागिता रहेको थियो।खुला महिला भलिवल प्रतियोगितामा बागलुङको ज़लज़ला बाट आएको टिमले प्रथम स्थान ओगटेको बताइएको छ।

पुरूष तर्फ प्रथम हुने टिमलले नगद ३० हजार मेडल र प्रमाणपत्र, द्दितिय हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र साथै तृतिय हुने टिमले १० हजार नगद,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन।

यसै गरि महिला तर्फ प्रथम हुनेले नगद १२ हजार, मेडल र प्रमाण पत्र, द्दितिय हुनेले ८हजार नगद सहित मेडल र प्रमाण पत्र सँगै तृतीय हुनेले ४ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन।

बार्षिकोत्सब कार्यक्रमको आजै समापन गरिएको छ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।