युनिक खवर डट कम,जे देख्छ त्यहि लेख्छ

कृष्ण अन्जान,वामीटक्सार✍️

मुख्यरुपले स्थानीय स्तरका समाचार हरुलाई प्राथमिकता दिने गरि गुल्मी जिल्लाका पत्रकारहरुको पहलमा युनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टर नामक संस्था नेपाल सरकार सुचना तथा संचार मन्त्रालय,सुचना विभागमा विधिवत दर्ता हुनुका साथै प्रेस काउन्सिलमा समेत सुचिकृत गरिएपछि सोहि संस्था मार्फत युनिक खवर डट कम समाचार पोर्टल सन्चालनमा आएको छ ।

मुसिकोट नगरपालिका ७ वामीटक्सारमा प्रधान कार्यालय ,रुरुक्षेत्र गाउँ पालिका रिडीबजार र सदरमुकाम तम्घासमा शाखा कार्यालय रहने गरि युनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टरले युनिक खवर डट कम र सोहि नाम बाट युट्युव च्यानल समेत सन्चालन गर्न शुरू गरेको संस्थाका सन्चालक समेत रहनु भएका युनिक खवर डट कम का प्रधान सम्पादक रामकृष्ण कंडेलले बताउनु भयो।

लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लाई प्राथमिकतामा राखेर समुदाय र जनकेन्द्रित समाचारहरु लाई महत्त्व दिने गरि समाचार प्रकाशन र प्रशारण गर्ने लक्ष लिएको प्रधान सम्पादक कंडेलले बताउनु भयो।

हामीले गुल्मीका केही वरिष्ठ पत्रकार हरुलाई जोडेका छौँ ,र सबैभन्दा ठुलो कुरा अरुभन्दा फरक गर्न सक्छौँ भन्ने विश्वास छ कंडेलले भन्नु भयो।

अनलाईन पत्रकारिताको महत्त्व बढिरहँदा गुल्मी जिल्लामा पछिल्लो पटक आएको युनिक खवर डट कमले आफ्नो स्लोगन जे देख्छौँ त्यहि लेख्छौँ राखेको छ।

शुशासन ,विकासको पक्षमा र भ्रष्टाचारको विरुद्धका आवाज लाई बुलन्द गर्नेगरि युनिक खवर डट कम ले गुल्मी जिल्लाका बाह्रवटै स्थानीय तहमा आफ्ना सँवाददाता राख्ने र स्थानीय तहको समन्वयमा काम गर्ने तयारी समेत गरेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको