युनिक खबरले साँच्चै नै युनिक खवर प्रसारण गरेछ:नेकपाका बरिस्ठ नेता रमेश चन्द्र खरेल

रामकृस्ण कंडेल,वामीटक्सार

✒नेकपाका बरिस्ठ नेता रमेशचन्द्र खरेलले युनिक खवर डट कमले युनिक खवर हरू प्रकाशित गरेकोमा खुसी ब्यक्त गर्नु भएको छ।नेकपाको पछिल्लो अवस्थाको बारेमा गुल्मीको मुनपा ७ ले सम्पन्न गरेको भेला र निर्णय बारे प्रकाशित समाचार सम्बन्धमा खरेलले लेख्नु भएको छ: ‘युनिक खबर ले साँच्चै नै युनिक खवर प्रसारण गरेछ।मुसिकोट नगरपालिकामा एउटा अनलाइन खवर पत्रिका "युनिक खवर" संचालित रहेको छ र आज साच्चै नै नाम अनुसारको नै खवर फेला पारेछ जुन नेकपा पार्टीलाई फेरी एकजुट हुन यो उदाहरणीय कदम हुन सक्दछ ’

गुल्मीको मुनपा ५ ईन्द्रेगौंडा निवासी खरेलले भन्नु भएको छ:’नेकपा भित्र पूर्व एमाले, पूर्व माओवादि र पूर्व एमालेको माधव नेपाल समूहमा विभाजित कम्युनिष्ट साथीहरु हुनुहुन्छ। हिजो हामी जहाँ जहाँ भये पनि आज एउटै भयेका छौं। केन्द्रमा नेताहरुले आफ्नो स्वार्थ अनुकु ल जे जे गरे पनि हामी तल्लो तहका कार्य कर्ताको कुनै गल्ति छैन। अनि गल्ति गर्ने नेताले त्यसको सजाय भोग्ने हामी? यस्तो हुदैन। अवको अवस्थामा नेताले हामीलाई प्रयोग गर्न खोज्नु स्वाभाविक भये पनि हामी प्रयोग हुनु कदापि स्वाभाविक हुन सक्दैन।

हामीले मान्दै र सम्मान गर्दै आएका केन्द्रिय नेताहरुको कार्य पनि सम्मानित हुनु पर्दछ। तर जनता अगाडी आसा र भरोसा देखाएर स्थिर सरकार दिने बाचा सिंगो पार्टीले गरेको थियो केबल केपीले मात्र होइन। त्यसैले ऐले यसो वा उसो भनेर केपीलाई मात्र दोष दिएर उम्कन पाइदैन । विना सैद्धानतिक बखेडा झिकेर झगडिदा जनता प्रति बेइमानी हुन गयेको छ।

मुसिकोट नगरपालिका वार्ड नं ७ का नेकपाका सम्पूर्ण नेता तथा अगुवा कार्यकर्ता भेलाभै एकमतले केपी ओलीको अभियानलाई साथ दिनलाई माथिल्लो तहका नेता तथा कमिटी हरुलाई निर्देशन दिने सर्ब सम्मतले निर्णय गरेछ।धेरै धेरै धन्यवाद छ साथीहरु लाई।वास्तवमा व्यक्ति भन्दा पनि त्यो व्यक्ति भित्र रहेको कु प्रवृत्तिलाई अंकुराउन, फल्न, फुल्न दिइनु हुदैन’

गुल्मीकै परिपक्व नेता तथा शैक्षिक ब्यक्तित्व खरेल लेख्नुहुन्छ:’व्यक्तिगत स्वार्थ को लागि यो स्तरको किचलो गर्नु, आफ्नो मान्छेले वा आफुले पद नपाएको कारणले यत्रो बखेडा झिक्नु, विना मगर प्रचण्डको बुहारी भयेको ले मन्त्री पाउने तर पम्फा भुसाल जस्तो परिपक्व र नेपाली महिलामा इनगिने भित्रै पर्ने सबै हिसावले क्यापेवल महिलाले मौका नपाउनु जस्ता प्रवृत्तिलाई परास्त गर्नै पर्दछ’

‘सबै स्थानीय तहले मुसिकोट नगरपालिका वार्ड नं ७ को सिको गरेर केन्द्रलाई दवाव सीर्जना गरौं र केन्द्रीय नेतालाई एकैठाउमा आउन वाध्य पारौं’खरेलको बिशेष आग्रह रहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको