एमाले मुसिकोटको सचिवालय बैठक विभिन्न निर्णयका साथ वामी टक्सारमा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटी सचिवालय बैठक वामी टक्सारमा सम्पन्न भएको छ। पार्टी केन्द्रले लुम्बिनी परदेशी स्तरीय प्रशिक्षण बुटवलमा सम्पन्न गरेपश्चात पार्टीले लिएका पछिल्ला निर्णयहरु लाई पार्टीको सचिवालय सदस्यहरु लाई जानकारी गराउने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको थियो।

प्रदेश स्तरीय प्रशिक्षणमा सहभागी मुसिकोट नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले गुल्मी जिल्लाका पूर्व जिल्ला कमिटी सचिव सोमनाथ सापकोटा,एमाले मुसिकोट पार्टी इन्चार्ज जीवन खरेल, मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले परीक्षणबाट सिकेका कुराहरु लाई मुसिकोटका नगर कमिटी सचिवालय सदस्यहरु को बिचमा प्रशिक्षणन मुलक मन्तव्य राख्नु भएको थियो।

सचिवालय बैठकमा मुसिकोट नगर कमिटी अन्तर्गत का वडा नम्बर १ देखि ९ सम्म सबै वडाहरुमा नेकपा एमालेले सञ्चालन गरेका सम्पूर्ण पार्टी गतिविधिहरूको बारेमा वडा कमिटी ईन्चार्ज वा प्रतिनिधि बाट रिपोर्ट पेश गरिएको थियो। बैठकमा वडा नं १ बाट दल बहादुर थापा, २ बाट महेन्द्र घिमिरे,३ बाट मधु मल्ल,४ बाट ओमबहादुर केसी,५ बाट गोबिन्द खरेल,६ बाट हेमराज शर्मा,७ बाट टोपनारायण श्रेष्ठ, ८ बाट चुरावहादुर खत्री र ९ बाट रामकृष्ण कडेलले वडाको पछिल्लो सम्पूर्ण राजनीतिक अवस्थाको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।

बैठकमा जिल्ला कमिटी सदस्यहरु क्रमशः सिता भुसाल,भुवन के सी,हरिहर सापकोटा,नारायण सापकोटा,रामबहादुर बोहोरा,अनेरास्ववियुका नेता बिमल छन्तेल लगायतका नेताहरूको अथितिको रुपमा उपस्थिती रहेको थियो।

मुसिकोटका सबै वडाहरूमा नेकपा एमालेको अवस्था अत्यन्तै लोकप्रिय र मजबुत रहेको बैठकले ठहर गरेको छ। गत निर्वाचनमा मुसिकोट नगरपालिका भित्र नेकपा सानदार विजयी हासिल गरे पश्चात प्रत्येक टोल टोलमा विकासको लहर आएको बैठकले ठहर गरेको छ। एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुले विकासको लहर ल्याए पश्चात प्रतिपक्षले सहन नसकी विभिन्न भ्रम छर्दै आएकोले उक्त भ्रमहरु लाई चिर्नको लागि नेकपा एमालेका नेता तथा कार्यकर्ताले सशक्तरुपमा आफ्नो उपस्तिथि जनाइ टोलटोलमा पुगी रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता बैठकमा सहभागी सबै नेताहरुले आफ्नो विचार व्यक्त गरेका थिए।

नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता,उपाध्यक्ष रामबहादुर थापाको स्वागत मन्तब्य तथा नगर कमिटी सचिव गोपीकृष्ण खरेलले बैठकको संचालन गर्नुभएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।