ददल्का दान्सिङ मा एमाले ले सम्पन्न गर्यो पार्टीको वडा बैठक

नेपाल कम्युनिष्ट पार्टी एमाले ले मुसिकोट ९ को वडा कमिटि बैठक भव्यताका साथ सम्पन्न गरेको छ l आज माघ २२ गते ददल्का दान्सिङ मा कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको पार्टीले जनाएको छ l

आज सम्पन्न वडा कमिटीको बैठकमा प्रमुख अथिति नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले ले प्रशिक्षण मुलक मन्तव्य राख्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एक ढिक्का का साथ अगाडि बढ्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो l काफ्लेले मन्तव्य राख्दै भन्नु भयो मुसिकोट नगरपालिका वडा नम्बर ९ मा पार्टी संगठन लाई सशक्त बनाउनको लागि सम्पूर्ण उपस्थित नेताहरु सँग आग्रह गर्दै टोल टोलमा पुगेर जनताका समस्याहरु को पहिचान र समाधान को लागि लाग्न सबैमा आग्रह गर्नुभयो l जनताहरु लाई ऊत्शाहित बनाउनको लागि नेकपा एमाले सबैको घर दैलोमा पुग्न जरुरी रहेको खाँचो महसुस गर्दै प्रमुख अथिति काफ्लेले भन्नुभयो नेकपा एमाले कमजोर भयो भने देशनै कमजोर हुन्छ,विकास निर्माणका कामहरु ठप्प हुन्छन्,जनताहरु निराश हुन्छन l यि सबै कुराहरूको समाधान नेकपा एमाले बलियो बनाएर मात्र सम्भव छ तसर्थ हाम्रो नीति सिद्धान्त अनुसार अगाडि बढ्न सक्यौं भने मात्र वडा नम्बर ९ ले मुहार फेर्न सक्दछ l

वडा नम्बर ९ को बैठकमा नेकपा एमालेका नेता नगर कमिटी सचिव गोपीकृष्ण खरेल,शिक्षक महासंघ गुल्मीका जिल्ला सचिव रामकृष्ण कडेल,वडाअध्यक्ष नरेशराज खरेल ले संगठनको महत्वको बारेमा प्रशिक्षण मुलक मन्तव्य राख्दै नेकपा एमाले को वडा नम्बर ९ मा सशक्त उपस्थिति रहेको,जनताहरूको माया आशा र भरोसा एमालेप्रति रहेको बारेमा गर्व गर्दै संगठन लाई एक ढिक्का का साथ अगाडि बढाउन को लागि आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो l

बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटि का सदस्यहरु रामबहादुर गुरुङ,माधव न्यौपाने ,राष्ट्रिय युवा संघका मुसिकोट नगर कमिटिका सहसचिव रामबहादुर सुवेदी,राष्ट्रिय युवा संघका मुसिकोट नगर कमिटी का सचिवालय सदस्य इस्वर शाही लगायतको विशेष उपस्थिति रहेको थियो l

कार्यक्रममा ने क पा एमाले का नेता सनत बासिस्टले साबिक अर्लाङकोटमा एमालेको सङठनको इतिहास बारेमा बताउदै यसको सफलता को लागि आफू जहाँ रहे पनि सक्दो सहयोग गर्ने र सबै साथिहरु एकताबद्ध भएर अगाडि बड्न आग्रह गर्नु भयो।मौसमको प्रतिकुलताका वावजुत पनि बैठकमा अधिकांश वडा कमिटि का नेताहरूको उपस्थिति रहेको थियो l

बैठकले मुसिकोट नगरपालिका वडा नम्बर ९ भित्र संगठन बिस्तारको लागि महत्त्वपुर्ण कार्यक्रमहरू सञ्चालन गर्नेबारे विशेष निर्णय गरिएको बुझिएको छ l

वडा कमिटी अध्यक्ष उमाकान्त खरेल को अध्यक्षता तथा नेता यमभक्त खरेल को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो l

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।