स्वर्गीय मुमाको सम्झनामा एमाले ले सम्पन्न गर्यो वामीमा श्रध्दाञ्जलि कार्यक्रम

 नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिका वडा नं ७ को वडा कमिटीले स्वर्गीय नेत्र कुमारी मल्लको सम्झनामा श्रध्दाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ l वामी टक्सार बजार नजिकै रहेको इस्मालीथान मा उहाँकै निवास मा वडा कमिटी को आयोजनामा शोक सन्तप्त परिवारजनहरु प्रति समवेदना तथा मृतक मल्लको आत्माको चिर शान्तीको कामना गर्नको लागि पार्टी ले उक्त कार्यक्रमको आयोजना गरेको हो l 

श्रध्दाञ्जलि कार्यक्रम मा शोक मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अथिति एमाले मुसिकोट नगर कमिटि अध्यक्ष प्रकाश काफ्लेले स्व.मुमा अत्यन्तै नरम,सभ्य तथा दीर्घकालीन सोच भएको व्यक्तित्व हुनुहुन्थ्यो भन्दै आफू लगायत सिङ्गो पार्टी लाई उहाँले आवश्यकपर्दा महत्वपूर्ण सहयोग गर्दै आएको संस्मरण गर्नु भयो l

मृत्यु सबैको लागि अनिवार्य छ तर स्वर्गीय मुमाको मृत्युले यस क्षेत्रमा निकै निराशा छाएको प्रमुख अतिथि काफ्ले व्यक्त गर्नु भयो l प्रमुख अतिथि काफ्ले ले शोक को यस घडीमा विचलित नभइकन अगाडि बढ्नको लागि मृतक का आफन्त तथा परिवार जनहरु लाई आग्रह गर्नु भयो l 

वडा नम्बर ७ को कमिटीले आयोजना गरेको श्रध्दाञ्जलि कार्यक्रम मा नगर कमिटी सचिव गोपीकृष्ण खरेल,नेपाल शिक्षक महासंघ जिल्ला सचिव रामकृष्ण कंडेल,अनेरास्ववियुका केन्द्रीय सदस्य बिमल छन्तेल,नेकपा एमाले मुसिकोट नगर कमिटि का सदस्य हरु क्रमशः हरिहर सापकोटा,चुरामणी सापकोटा,लक्ष्मी सापकोटा ,कमल प्रसाद खराल,नेकपा एमाले मुसिकोट वडा नम्बर ३ कमिटी अध्यक्ष मधु मल्ल,वडा नम्बर ७ कमिटि उपाध्यक्ष श्रीकृष्ण सापकोटा,उपसचिव भोजराज सापकोटा,पार्टी का अभिभावक हरु भक्तिराम सापकोटा,श्याम नेपाली लगायतको विशेष उपस्थिति रहेको थियो l 

श्रध्दाञ्जलि कार्यक्रम को अध्यक्षता वडा नम्बर ७ का पार्टी अध्यक्ष टोपबहादुर साक्यको रहेको थियो भने सन्चालन पार्टी सचिव लक्ष्मण खराल ले गर्नु भएको थियो l 

स्वर्गीय नेत्र कुमारी मल्लको मिति २०७८ कार्तिक ७ गते ६५ वर्षको उमेरमा आफ्नै निबासमा निधन भएको थियो l समाजसेवी अम्मर बहादुर मल्ल कि जीवन संगिनी स्वर्गीय मल्ल लाई यस क्षेत्रमा सबैले मुमा भनेर चिन्दछन् l ऊहा का छोराबुहारी हरु क्रमशः स्व.दीपक मल्ल,उमा मल्ल,सन्तोष मल्ल,पवित्रा मल्ल,राम मल्ल,सुनीता मल्ल,बिष्णु मल्ल,सपना मल्ल लगाएत समस्त मल्ल परिवार मा परेको बज्रपात प्रति सहानुभूति व्यक्त गर्नको लागि एमाले पार्टी ले यस प्रकारको कार्यक्रम आयोजना गरेको हो l 

स्वर्गीय मल्लको परिवारको तर्फ बाट यही कार्तिक १८ गते ऊहाकै निबाश मा प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको ले उपस्थितिको लागि सबै लाई आग्रह समेत गरिएको छ l 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।