गर्भावस्थामा शारीरिक सम्पर्क राख्ने कि नराख्ने ?

प्रा.डा.चन्दा कार्की 

काठमाडौं- गर्भावस्थामा शारीरिक सम्पर्क राख्न मिल्छ या मिल्दैन ।शारीरिक सम्पर्क राख्दा आफ्नो सन्तानलाई केहि असर होला कि भन्ने भय उनिहरुको मनमा हुन्छ । धरैजसो गर्भवती महिलाहरुमा गर्भावस्थामा शारीरिक सम्पर्क राख्ने बिषयमा जिज्ञासा रहेको हुन्छ ।तर उनिहरु यस्ता बिषयमा खुलेर कुरा गर्न सक्दैनन् ।यस्ता बिषयमा उनिहरु अस्पताल पुगेर बिशेषज्ञसँग परामर्श लिने साहस पनि जुटाउन सक्दैनन् । जसका कारण विभिन्न समस्याहरु झेलिरहेका हुन्छन् । 

हरेक महिलाको शारीरिक अवस्था फरक हुन्छ ।त्यसैले गर्भवती हुदाँ महिलाको शरीरले कसरी रियाक्ट गर्छ भन्ने थाहा हुदैँन ।त्यसैले महिलाको शारीरिक अवस्था हेरेर गर्भावस्थामा शारीरिक सम्पर्क गर्न मिल्छ या मिल्दैन भन्न सकिन्छ ।  

गर्भावस्थाको पहिलो तिन महिना शारीरिक सम्पर्क नराखेको राम्रो मानिन्छ । यो तिन महिनामा गर्भवतीमा केहि परिर्वतनहरु आउने भएकाले उनिहरुले आफुलाई कमजोर महसुश गरिरहेका हुन्छन् । 

सामान्य गर्भावस्थामा ३ महिनापछि शारीरिक सम्पर्क राख्दा कम बल लगाउने र सावधानी अपनाउनुपर्ने हुन्छ  । त्यसका साथै शारीरिक सम्पर्कको लागी गर्भवतीको मन्जुरी हुन आवश्यक छ । गर्भवती हुदाँ महिलाको भावना फरक हुन्छ । त्यसैले गर्भवती महिलालाई शारीरिक सम्पर्क राख्ने चाहाना नहुन पनि सक्छ । यस्तो अवस्थामा जबरजस्ती शारीरिक सम्पर्क राख्नु हुदैन । 

श्रीमती गर्भवती भएपनि श्रीमानलाई शारीरिक सम्पर्कको चाह हुनसक्छ । उनिहरुमा छिट्टै शारीरिक सम्पर्कको चाहाना हुन्छ । तर महिलाहरु मन खुशि भएपछि मात्र शारीरिक सम्पर्क राख्न रुचाउँछन् । त्यसैले श्रीमानलाई शारीरिक सम्पर्कको चाहाना भएपनि श्रीमतीको भावनालाई बुझेर मात्र शारीरिक सम्पर्क राख्नुपर्छ । 

गर्भावस्था एक बिशेष अवस्था भएकाले महिलाको भावनालाई सम्मान गनुपर्छ । गर्भवती शारीरिक सम्पर्क राख्न इच्छुक नभए शारीरिक सम्पर्क गर्न हुदैँन । भने यदि गर्भवती शारीरिक सम्पर्क राख्न इच्छुक भए कम बल लगाएर सुरक्षित तरिकाले राख्नुपर्छ । 

गर्भावस्थामा अन्य समस्या जस्तै उच्च रक्तचाप, मधुमेह, पाठेघरमा कुनै समस्या, अघिल्लो शिशु महिना नपुगि जन्मेको र गर्भावस्थामा नै रक्तस्राव भइरहेको जस्ता जटिलताहरु देखिएका छन् भने शारीरिक सम्पर्क राख्नु नै हुदैँन । 

गर्भावस्थामा सावधानिपुर्वक शारीरिक सम्पर्क राख्दा भुण्रलाई केहि असर गर्दैन तर महिलाको गर्भावस्थामा अन्य जटिलता र बलपुर्वक शारीरिक सम्पर्क राखेमा गर्भवतीको ज्यान नै तलमाथी हुन सक्छ । गर्भवतीमा केहि समस्या आएमा भुण्रमा पनि समस्या आउँन सक्छ । वा भुण्र नै खेर जान सक्छ । 

गर्भवतीको इच्छा विपरित शारीरिक सम्पर्क राख्दा उनलाई शारीरिक, मानसिक वा भावनात्मक असर पर्न सक्छ, आमामा यस्तो समस्याबाट गुज्रिदा स्वत भुरूणमा पनि असर पर्छ । त्यसैले श्रीमानले श्रीमतीको भावनालाई बुझेर मात्र शारीरिक सम्पर्क राख्दा उचित हुन्छ ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको