सुखी नेपाली सम्बृध्द नेपालको परिकल्पना साकार हुने:सभासद खड्क के सी

रामकृस्ण कंडेल,वामीटक्सार✍️

सुखी नेपाली सम्बृध्द नेपालको परिकल्पना साकार पार्नको लागि बर्तमान सरकार लागि परेको लुम्बिनी प्रदेश सभासद खड्क के सी ले बताऊनु भएको छ।गुल्मीको मुसिकोट नगरपालिका वडानं ८ मालारानीमा ताराखसे युवा क्लब द्वारा आयोजित नबौं बार्षिकोत्सब कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि प्रदेश सभासद के सी ले उक्त बिचार ब्यक्त गर्नु भएको हो।

बर्तमान सरकारले देश बिकासको लागि बिदेशी सहयोग भित्राएको,भ्रस्टचार नियन्त्रणका कामहरू शुरू गरेको,शान्ती सुरक्षाको स्थितिमा सुधार गरेको ,जनसहभागितामा बिशेष जोड दिएको छ भन्दै नेपाली युवा युवतीहरूले बैदेशिक रोजगारीको नाममा बिदेशी भुमीमा मर्न नपरोस भन्दै स्वदेशमै रहने बाताबरण मिलाऊन सरकारको तर्फ बाट बिशेष कार्यक्रमहरु सन्चालन भएको सभासद के सी ले बताऊनु भयो।

एक फरक प्रसंगमा प्रमुख अतिथि के सी ले रास्ट्र निर्माणमा प्रमुख राजनितीक दलहरू बिच समेत सहकार्य आबश्यक हुन्छ तर नेपालमा आफ्नै पार्टीका नेताहरू बाटै सरकार लाई असहयोग हुनु ‘दुर्भाग्य’ भएको बताऊनु भयो।

देशको ग्रामिण क्षेत्रमा पुर्बाधारको बिस्तार तिब्रताका साथ हुन लागेता पनि मानिसहरू सहरमुखी भएको र गॉऊहरू रित्तिनै थालेको अवस्थामा यस मालारानी क्षेत्रका बासिन्दाहरूले गाऊनै छोड्ने प्रबृति लाई झुट र गलत साबित गरेको बताऊनु भयो।

‘यहॉको रहन सहन,संस्कृति र एकता बास्तबमै अनुसरण गर्न लायक’छ भन्दै यस क्षेत्रको समग्र बिकासको लागि ताराखसे युवा क्लबको भुमिका बढेको भनाई राख्नुभयो।

मन्तब्यको क्रममा दुर्गम तथा ग्रामिण क्षेत्रमा झन्डै ३दर्जन भलिवल टिमको सहभागिता हुनुले ताराखसे युवा क्लबको गरिमा र महत्व झल्किन्छ भन्दै सभासद के सी ले खेल र खेलाडिहरूको लागि सरकार बाट बिशेष कार्यक्रम आबश्य रहेको धारणा ब्यक्त गर्नुभयो।

प्रशिध्द तपोभूमी सालिमेको काखमा रहेको रमणिय तथा प्रसिध्द स्थल मालारानीका बासिन्दाहरूले हरेक दुख र कठिन क्षणहरूमा सतिसाल जस्तै उभिएर आफुहरू लाई साथ, समर्थन र मायॉ गरेकोमा मन्तब्यको क्रममा आभार प्रकट गर्दै प्रदेश सभासद के सी ले यस क्षेत्रको बिकासको लागि आफु यहॉका जनताहरूको साथमा रहेको भनाई ब्यक्त गर्नु भयो।

मालारानी प्राकृतिक शुन्दरताको दृस्टिकोणले पनि अत्यन्तै आकर्षक स्थान हो भन्दै सभासद के सी ले यस स्थानको अबलोकन गर्नका लागि ठुलो संख्यामा पर्यटकहरू भित्र्याऊने कार्यक्रम ल्याऊन जरूरी रहेको बताऊनु भयो।

यहॉको कला संस्कृति जात जाति धर्म,रिती रिवाजको संरक्षण एवम सम्बर्धनका लागि ताराखसे युवा क्लबले महत्वपुर्ण भुमिका निर्बाह गर्न सकोस भनी सभासद के सी ले मन्तब्यको क्रममा शुभकामना ब्यक्त गर्नु भयो।

नबौ बार्षिकोत्सब समारोहमा लुम्बिनी र गन्डकी प्रदेशका महिला तर्फ ६ र पुरूष तर्फ २८ चर्चीत भलिवल टिम हरूले खुला भलिवल प्रतियोगितामा सहभागिता जनाएका छन।बार्षिकोत्सब कार्यक्रमको समापन चैत्र ३० गते हुने बताईएको छ।

कार्यक्रम उदघाटन समारोहमा क्लबका उपाध्यक्ष चन्द्र घर्तीले ताराखसे युवा क्लबले आयोजना गरेको कार्यक्रम क्लबको कार्यक्रम मात्रै नभएर सिंगो गॉऊकै महोत्सबको रूपमा अगाडि बढेको बताऊनु भयो ।सचिब घर्तीले ताराखसे युवा क्लबले समाज परिबर्तनको निम्ती थुप्रै उल्लेख्य कार्य गरेको संस्मरण गर्दै कार्यक्रममा उपस्थित खेलाडि,अतिथि र दर्शक हरू लाई स्वागत गर्नु भएको थियो।

खुला भलिवल प्रतियोगिता निकै रोमान्चक र अनुशाषित ढंगबाट अगाडि बढेको छ।खेल लाई लुम्बिनी प्रादेशिक रेफ्रीहरू क्रमश राजु बलाल,शोम मगर,नबिन छन्तेल र शुबर्ण बुढाथोकीको अफिसियल टिमले सन्चालन गरिरहेको छ।खेल संयोजक जिवन घर्ती रहनु भएको छ।

कार्यक्रममा वडाध्यक्ष नारायण सापकोटा,युनिक खवर डट कमका प्रधानसम्पादक रामकृस्ण कंडेल,स्थानिय बरिस्ठ समाजसेबि खड्क बहादुर घर्ति मगर,पत्रकार लोकप्रसाद छन्तेल,वडा सदस्यहरू क्याप्टेन पुर्णबहादुर घर्ति,सुकमाया वि क,वडानं ७ का वडा सदस्य लक्ष्मण खराल,समाजसेबि ज्ञानेन्द्र जि सी,कृषि प्राबिधिक शन्देस गौतम लगायतको बिशेष उपस्थिति रहेको थियो।

क्लबका अध्यक्ष रामबहादुर बोहोराको अध्यक्षता,सचिब टेकबहादुर पुनको स्वागत मन्तब्य,चन्द्रबहादुर घर्ति र सदस्य हरीमायॉ छन्तेलको संयुक्त सन्चालनमा कार्यक्रम अगाडि बढिरहेको छ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।