सुर्योदय युवा क्लब वामीमैदान गुल्मीको वाषिर्कोत्सवको दोस्रो दिनका कार्यक्रमहरु सम्पन्न

रामकृस्ण कंडेल,वामीटक्सार✍️

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ८ मा क्रियाशील सामाजिक संस्था सुर्योदय युवा क्लबको २७ औं वार्षिकोत्सव कार्यक्रम हिजोदेखि सुरु भएको छ।आज दोस्रो दिन विविध सांस्कृतिक कार्यक्रम सहित खुला भलिबल प्रतियोगिता को सेमिफाइनलका खेल सुरु भएको छ।बहुचर्चित खुल्ला भलिबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन्।

आज गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्काको जनजागरण टिम र वामीटक्सार समूहबीच प्रतिस्पर्धा भयो।आज प्रतिस्पर्धा गरेका भलिवल टीम हरुमा क्रमशः चिदीपानी र आयोजक बी समूह यसैगरी गुन्धारा र वसन्त युवा क्लब मनेवा बागलुड०,मौसमी एन्ड मान्सी स्चोर्स र ताराखसे युवा क्लब बी समूहबीच, सुर्योदय युवा कलव आयोजक टीम A र पौदी थामडॉडा B,ताराखसे युवा कलव A र ददल्काको युवा जागरण टिमबीच त्यसैगरी स्यांजाको टिम र पौदी थामडॉडा A समूहबीच प्रतिस्पर्धा भएको कार्यक्रमका रेफ्री नवीन छन्त्यालले जानकारी दिनुभयो।

खुला भलिवल प्रतियोगिता लुम्बिनी प्रादेशिक रेफ्री हरू शोम दर्लामी(मुनपा४) र नबीन छन्तेल(मुनपा८,मालारानी) ले सन्चालन गरीरहनु भएको छ।खेल निकै सौहार्दपुर्ण बाताबरणमा रोमान्चकारी ढंगबाट सन्चालन गरिएको र भोलीको फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने रेफ्री शोम दर्लामीले बताऊनु भयो।

फागुन १४-१६ गते ३ दिन २७औं वार्षिकोत्सव भव्यताका साथ मनाउने निर्णय अनुसार भोलि कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यताका कारण कार्यक्रम आज अबेरसम्म सञ्चालन गरिएको थियो।भोलि कार्यक्रमको अन्तिम दिन फागुन १६ गते बिहान ७ बजेबाट कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ रहेको छ।

समापन समारोह अन्तिम दिन भोली फागुन १६ गते पूर्वमन्त्री तथा संघीय सभासद गोकर्णराज विष्ट लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको कार्यक्रमका उद्घोषक कमल बरालले युनिक खवर डट कम लाई बताउनुभयो। बरालका अनुसार भोलि भलिबलको फाइनल खेल,राष्ट्रिय कलाकारको सांगीतिक पस्तुती तथा प्रमुख अतिथिको विशेष संबोधन,पुरस्कार बितरण रहेको समेत उहाँले जानकारी दिनुभयो।

खुल्ला पुरुष भलिवलका बिजेता टिमले २५ हजार ५ सय २५ तथा उप बिजेताले १५ हजार ५ सय पच्चिस रासिकाे पुरस्कार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

यसै गरि खेलका उत्कृष्ट र अनुशासित खेलाडि लाई जनहि १ हजार ५ सय नगद प्रमाण पत्र र मेडल प्रदान गरिने छ ।यसै गरि क्लवकाे वार्षिकोत्सब कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमका साथै कमल बराल,लालमाया कुँवर,धनमाया रानाको बिशेष सांगितिक प्रस्तुति रहने छन ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।