पानीकाे रुपमा अमृतकाे वर्षा किसानलाई हर्ष

  • By : रामकृस्ण कंडेल
  • समाज

कृष्ण अन्जान,रुरु

धेरै समय पछि माटाे मज्जाले भिज्ने गरि पानी परेपछि रुरुक्षेत्र गाउँपालिकाका किसान हरुले अाकाश बाट पानी हाेइन अमृत वर्षेकाे प्रतिक्रिया दिएका छन ।वैशाखकाे पहिलो हप्ता घुइटाे वासिटाे र असिना समेत परेपछि कताकति मकै छरेका याे क्षेत्रका किसानलाई शनिवार परेकाे पानीले राहत दिएकाे छ ।

धेरै जसाे किसान हरुले मकै नछरेकाे र अहिले पारेकाे पानीले मकै छर्न पाइने र पहिलो साता छरेकाे मकैलाइ त झन याे पानी अमृत नै भएकाे टिप्पणी रुरु ३ फल्लेखर्कका किसान कृष्ण राज ज्ञवालीकाे छ ।वारि लतक्क नभिजे सम्म मकै छर्नुकाे अर्थ छैन याे पानीले वारि मज्जाले भिजेकाे छ अब मकै लगाएत बेलापतेला लगाउन उपयुुक्त हुन्छ रुरु ३ गौतम टाेलका ज्ञानराज गौतमकाे भनाइ छ ।

पानी अलि बढि परेपछि मात्रै हाम्राे भट्कुवाकाे माटाे भिज्छ याे पानीले अब मकै छर्न मिल्ने भयाे रुरु १ भटकुवाका रामहरि ज्ञवालीकाे भनाइ छ ।पहिले धुलैमा मकै छरेकालाइ त झन याे पानीले धेरै राम्रो गरेकाे छ ।मकै उम्रिन नसकेर बसेकाे बेला पानी साँच्चै एउटा अौषधिकाे रुपमा बर्षेकाे छ । टुसा देखिएका मकैमा याे पानी गुवाेमा पुगेर मकैमा लागेका किरा मार्ने काम गरेकाे छ भने उम्रिन नसेका मकैलाइ उमार्ने छ ।बैशाखमा पानी परेपछि किसानहरुकाे मकै लाउने सिजन हाे ।बैशाखमा छरेकाे मकै भदौमा पाक्छ ।मकै सँगै बारीमा काँक्रा बाेडि फर्सि लगाएतका लहरे बालि लगाइने हुँदा याे पानीकाे विशेष महत्त्व छ ।रुरुक्षेत्रका सबै वडा हरुमा मकै प्रमुख बाली हाे ।

परम्परा देखि गरिदै अाएकाे नकै बाली मकैबाट बन्ने परिकार हरु अाटाे काँत्रा बनाएर बनाइने मकैकाे पिठाेकाे राेटि सातु यी परिकार हरु याे क्षेत्रकाे प्रमुख खाना हाे त्यसमा पनि मकैकाे अाटाे त भात काे साटाे याे क्षेत्रमा खाइन्छ । मकै एक परिकार अनेककाे रुपमा स्थापित परम्परावादि खेति मकै छर्न याे पानी परे सँगै किसान हरु कतै हलाे जुवा गाेरु सँगै त कतै हातेट्याक्टर लिएर बारीमा बिहानै देखि पुगिसकेकाे देखिएकाे छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।