पत्रकार महासंघ गुल्मीले शुरू गरेको काम प्रसंसनीय छ:कांग्रेस नेता डाक्टर भन्डारी

रामकृस्ण कंडेल,वामीटक्सार✍️

नेपाली कांग्रेसका युवा नेता डाक्टर चन्द्र भन्डारीले सङ्कटको समयमा गुल्मी पत्रकार महासंघले शुरू गरेको सहयोग संकलनको काम प्रसंसनीय रहेको बताऊनु भएको छ।कोभिडका बिरामी हरू लाई गुल्मी जिल्लामा अक्सिजनको अभाब हुन गई अकालमा ज्यान गएको समाचारहरू बाहिर आए पश्चात यस समस्या समाधान गर्नका लागि पत्रकार महासंघ गुल्मीको पहलमा सहयोग संकलन कार्य हिजो देखि शुरू गरिएको छ।यस सहयोग संकलन कार्यको समर्थन गर्दै डाक्टर भन्डारी भन्नुहुन्छ:’गुल्मेली जनता लाई आउने र आइपर्ने समस्या संग सजग र सतर्क छौ’

कोभिडको कारण उत्पन्न पछिल्लो बिकराल अबस्थामा डाक्टर भन्डारी आफु पनि सबै संग सहकार्य गरेर यस समस्या संग जुधीरहेको बताऊनु भएको छ।डाक्टर भन्डारी भन्नुहुन्छ:’राज्यका हरेक निकाय,जनप्रतिनिधि र पत्रकार साथीहरुसंग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको कुरा अनुरोध गर्दछु’सबैले सबैलाई सहयोग गरौं।सहयोगको लागि सहयोगीको लागि,पुन्य कर्म बाट नचुकौं’नेता डा.भन्डारीको आग्रह छ।

नमागेको सुझाव सरकार लाई भन्दै डाक्टर भन्डारीले नेपाल सरकार लाई केही सुझाबहरू दिनुभएको छ,जुन सुझाबहरू यस युनिक खवरमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ:

सुझाब हरू:

१- ट्याक्सी टेम्पो सरकारी साधन चालकलाई भ्यक्सिन र पिपिए को ब्यवस्था गरी सेवाको रुपमा परिचालन गराउने।

२-अक्सिजन सहितका अस्थायी हस्पिटलको ब्यवस्था गर्ने ।

३- औषधी सरकारले आफै किनेर ल्याउने।

४-डाक्टर पढदै गरेका विधार्थी इन्टर्नशिपमा छन उनीहरुलाई स्वत: स्थाई हुने गरी आवश्यक क्षेत्रमा सुरक्षित हुनेगरी पठाउने ।साथै रिटायर्ड डाक्टरहरुलाई सम्मान पुर्वक सरकारले सेवाका लागि अनुरोध गर्ने ।

५- समस्यामा सम्पर्क गर्नको लागी सयौं सम्पर्क बुथको ब्यवस्था गर्ने ।

६- राज्यका सबै निकायलाई अधिक्तम उपयोग गर्ने।

७-सबै संघ-संस्थालाई जनतालाई आवश्यक सहयोगको लागी अनुरोध गर्ने ।

८-संकटको समयलाई दुरुपयोग गर्दै कमिशन र भ्रष्टचारमा लाग्नेलाई तुरुन्त कार्यवाही सुरु गर्ने ।

जनतालाई सहयोग गरौं ।

‘कोरोना पीडित बिमारी र उनका परिवारको विचल्ली भएको छ।लकडाउनलाई सरकारी संयन्त्रले ठुलो उपलब्धि ठान्नु हुदैन।एम्बुलेन्स उपलब्ध छैनन।सरकारी हस्पिटल संग साधन श्रोत कम छ ।निजीमा जनताले खर्च ब्यहोर्न सक्दैनन्।पार्टी प्यालेस,सुबिधा सम्पन्न क्याम्पस,स्कुलहरू छात्रावास,धर्मशाला,होटल,लज , रिसोर्टहरू लाई प्रयोग गरेर भए पनि अक्सिजन युक्त अस्थायी हस्पिटलको ब्यवस्थाका लागि’डाक्टर भन्डारीले अनुरोध गर्नु भएको छ।

ढिलाइ पटक्कै नगरौँ ।जनता रहे राजनीति पनि रहला । यो बेला साँच्चिकै जनउत्तरदायी बनौ। सबै बोलौं। सामाजिक संध सस्था,ब्यक्ति सबैले आआफ्नो क्षेत्रबाट जनता लाई सहयोगी हात फैलाऔ’

कोरोना माहामारीबाट आक्रान्त गुल्मेली जनताको समस्या लाई केही हदसम्म सहयोग पुगोस र बिरामीकाे चहराई रहेकाे घाउमा मलम लगाउन थप मद्दत पुगाेस भनेर नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको काेराेना कहर सहयाेग अभियान लाई सफल बनाऊनको लागि सक्दो सहयोग गर्नु हुन सम्पुर्ण दाजु भाई दिदी बहिनी,वुवा आमा हरू संग युनिक खवर डट कम परिवार बिशेष आग्रह गर्दछौ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।