मुसिकोट आइडल को ग्रयान्ड फिनाले कार्यक्रम गुल्मीको वामिटक्सारमा आयोजना हुँदै

गोबिन्द बि सी,डासिकोट✍️

मुसिकोट आइडल को ग्रयान्ड फिनाले कार्यक्रम लगत्तै आयोजना हुँदै छ।कार्यक्रम को लागि उपर्युक्त समय कहिले हुन सक्ला भन्ने बारेमा आयोजक ले परामर्श शुरु गरेको बुझिएको छ। ७७ साल फाल्गुन १ गते बाट अन्लाइन अडिसन सुरु गरेको आइडलमा विभिन्न क्षेत्र देश तथा बिदेश बाट अडिसन मा धेरै कलाकार हरु ले सहभागीता जनाएका थिए। जस मध्ये ६७ जना कलाकार छनौट भएका थिए । दोस्रो राउन्डमा ४७,तेश्रो मा २५, चौथोमा १०, पाचौं मा ६ र छैठौंमा ४ जना छनौट गरिएको थियो।

अडिसन राउन्ड बाटै निकै रोचक र आकर्षक मानिएको आइडलमा नेपाली गीत सङ्गीतमा तल्लिन लोक गायक प्रकाश सापकोटा,गायक रमेश कंडेल,गायक गोबिन्द बि.सी र गायक नरेन्द्र परियार निर्णायकको भुमिकामा रहनुभएको छ।

आफुमा क्षमता भएका तर प्रस्तुत गर्ने अबसर र ठाउँको खोजिमा रहेका कलाकारहरुको क्षमता लाइ विश्वभर चिनाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रमको सम्योजक का रुपमा सुवास परियार रहनु भएको छ lसचिवमा बिपिन रायमाझी,कोषाध्यक्षमा केयर सिह राना र सदस्यमा वसन्त थापा रहनु भएको छ।

करिब ८/९ महिना लगाई लुकेर रहेका प्रतिभा लाइ फाइनल सम्म ल्याइएको र यस अबधि भर सिक्ने अबसरका साथै वास्तविक प्रतिभाले उचित स्थान पाएको आयोजकको दाबी छ।

गुल्मी मुसिकोट नगरपालिकाको नाम बाट सन्चालित कार्यक्रम भएकोले फाइनल नतिजा घोषणा कर्यक्रम लाई भब्य,ब्यबस्थित र रोचक बनाउन आयोजक ले तयारी अगाडि बडाएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।