पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव

दाङ — तुलसीपुरमा पार्किङ गरिराखिएको भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव फेला परेको छ ।तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको आरजे०१सीसी०८८५ नम्बरको भारतीय कारभित्र शनिबार राति तीन बालक मृत फेला परेका हुन् ।शव गन्हाइसकेको अवस्थामा रहेको र घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशषेज्ञ टोली आइपुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।

उनका अनुसार उक्त कार लामो समयदेखि त्यहीँ रहेको अनुसन्धानमा खुलेको छ । स्थानीय तीन बालक केही दिनदेखि हराएको निवेदन आए पनि मृतकहरूको पहिचान खुल्न नसकेको सिंहले जानकारी दिएको समाचार नवलपुर टाईम्सले प्रकाशित गरेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको