साझालाई बिजुली बस बेच्न ९ चिनियाँ कम्पनीद्वारा टेण्डर

नेपालको साझा यातायातले बिजुली बस खरिद गर्न आह्वान गरेको टेण्डरमा नौ चिनियाँ कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्। चाइना मेसिनरी इन्जिनियरिङ, चोङथोङ बस को लिमिटेड, बिवाईडी अटो इन्डस्ट्री, सिएचटिसी किनवीन, नानचिङ गोल्डेन ड्रागन बस को लिमिटेड, चुह्वाइ क्वाङतोङ अटो मोबाइल, एनहुइ एनकेइ अटोमोबाइल, पेइजी फोटोन मोटर कम्पनी र चेरी एण्ड वान्ता कम्पनीले बोलपत्र दिएका हुन्।

साझाले गत चैतमा ४० वटा विजुली बस खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। सोहीअनुसार नौ चिनियाँ कम्पनीको बोलपत्र परेको साझा यातायातका सञ्चालक भुषण तुलाधरले बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

ती नौ कम्पनीमध्ये सार्वजनिक खरिद नियमावली बमोजिम उपयुक्त कम्पनी छनोट गरिने उहाँको भनाइ छ।‘हामी प्राविधिक पक्षमा पनि सबैभन्दा राम्रो र विदेशमा पनि निर्यात गरिरहेको कम्पनी छनोट गर्छौँ। त्यसका लागि अध्ययन प्रकृया अगाडि बढिसकेको छ। सम्भवतः अब एक हप्ताभित्र छनोट हुन्छ,’ उहाँले भन्नुभयो।

गुणस्तरसँगै सस्तो मूल्यमा समेत ध्यान दिइ कम्पनी छनोट गरिने तुलाधरले बताउनुभयो। साझाका अनुसार बसको यात्रु क्षमता बढीमा ५० सिटको रहने छ। लम्बाई नौ मिटर रहने छ। बसमा वाइफाई, टिभी, सिसी क्यामेरा लगायत अत्याधुनिक विशेषता रहने उल्लेख छ। २०७५ पुस ९ गते सरकारले साझा यातायातलाई तीन सय बिजुली बस खरिद तथा सञ्चालन गर्न तीन अर्ब रूपैयाँ दिने निर्णय गरेको थियो।

दिइएको बसको ‘स्पेसिफिकेसन’ परिर्वतन गरेको भन्दै गत असोज १ गते लिखित रूपमा मन्त्रालयले खरिद प्रक्रिया अगाडि नबढाउन साझालाई निर्देशन दियो। गत माघमा साझा यातायातलाई बिजुली बस खरिद तथा संचालन गर्न दिएको तीन अर्बको ब्याजसहित फिर्ता माग्ने निर्णयसमेत सरकारले गरेको थियो। सरकारले तीन अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति पनि दिने निर्णय लिएपछि कम्पनीले बस किन्न लागेको हो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको