गोरख गुफामा ज्येष्ठ २ गतेबाट सवालाख रोट अर्पण हुने

सिद्धाश्रम शक्ति केन्द्र नेपालबाट विगत १८ वर्षदेखि प्रत्येक वर्ष आयोजना भइरहेको सवालाख रोट महोत्सव यस वर्ष भने अझ भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न हुने भएको छ ।

विगत दुई वर्ष कोरोना महामारीका कारण केही प्रभावित बनेको रोट महोत्सव यसपटक भने विशेष रुपमा सम्पन्न हुने सिद्धाश्रम शक्ति केन्द्र नेपालले अपेक्षा गरेको छ ।

वैशाखी पूर्णिमा अर्थात् गोरक्ष प्रकट दिवसको अवसरमा यही ज्येष्ठ २ गतेदेख १२ गतेसम्म १९ औँ सवालाख रोट अर्पण कार्यक्रम संचालन हुने गोरखामा हालै सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

निरन्तर ११ दिनसम्म चल्ने उक्त रोट महोत्सवमा प्रत्येक दिन रोट अर्पण गरिने कार्यक्रम रहेको छ भने ११ औँ दिन अर्थात् कार्यक्रमको समापन दिनमा सवालाख संख्या पु¥याउने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

श्री श्री महायोगी गुरु गोरखनाथ प्रथमपटक वैशाखी पूर्णिमामा गोरखाको दिव्य गोरख गुफाबाट प्रकट हुनु भएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा मनाउँदै यसै दिनदेखि सिद्धाश्रम शक्ति केन्द्रले आफ्नो अगुवाईमा सम्पूर्ण भक्तजनहरुको तर्फबाट १८ वर्षअघि सवालाख रोट महोत्सवको शुरुआत गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्री श्री महायोगी गुरु गोरखनाथ नेपालका राष्ट्रगुरु हुनुहुन्छ, नेपाल राष्ट्रका संरक्षक हुनुहुन्छ, नेपालीहरूका गर्वका प्रतिमूर्ति, योगीहरूका महायोगी, नाथहरूका महानाथ, राजयोगका प्रणेता, नाथ सम्प्रदायका प्रवर्तक, भगवान् शिवका १०८ अवतारहरूमध्ये सर्वाधिक महत्वपूर्ण अवतारको रूपमा सर्वत्र पूजित महानाथ गुरु गोरखनाथको कृपा, आशीर्वादले नै हामीले नेपाल र नेपालीहरूको रूपमा गर्व गर्न पाएको, उहाँलाई खुशी बनाउँदा नै नेपाल र सम्पूर्ण मानवजातिको कल्याण हुने, गोरक्ष निखिल शक्तिको जागरणसँगै आध्यात्मिक युग गोरक्ष निखिल युगको पनि निर्माण हुने भएकोले विश्वशान्ति, मानवकल्याण, आध्यात्मिक जागरणका लागि सिद्धाश्रम शक्ति केन्द्र नेपालबाट प्रत्येक वर्ष सवालाख रोट महोत्सव आयोजना हुँदै आइरहेको हो, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ज्येष्ठ २ गते गोरखा बजारबाट शोभायात्राका साथ रोट महोत्सव शुभारम्भ हुनेछ, शोभायात्रा विभिन्न स्थानको परिक्रमा गरी गोरखगुफामा पुगेर विसर्जन हुनेछ । १०८ कलशसहित शोभायात्रा सद्गुरुदेवहरुको रथ, झाँकी, बाजा, जयकार गरी विशाल जनसमूहका साथ निस्कनेछ, उक्त दिन झण्डोत्तोलन, ज्योत पूजन, नाथहरुको वरण आदि कार्यक्रम सम्पन्न हुनेछ, कार्यक्रमको अन्तिम दिन ज्येष्ठ १२ गते नाथयोगी, रोट महोत्सवमा खट्नेहरुलाई पत्रम्पुष्पम्सहित विदाई गरिने कार्यक्रम रहेको छ ।

सिद्धाश्रम शक्ति केन्द्रबाट रोट महोत्सवभरि निःशुल्क बसोबास र भोजनको व्यवस्था हुने, महोत्सवमा नेपाल अधिराज्यका विभिन्न जिल्लाबाट सहभागिता हुने र महोत्सवको आयोजना भक्तहरुबाट प्राप्त आर्थिकलगायत रोट पकाउन आवश्यक पिठो, घिउ, मरमसलाको सहयोगले सम्पन्न हुने आयोजकले बताएको छ । जय गुरुदेव ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।