सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा

काठमाडौं । आफूले बेचेको उखुको भुक्तानीको माग गर्दै सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आइपुग्नुभएको छ ।

उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरि श्यामले सरकारसँग भएको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन आफूहरु फरि काठमाडौं आएको बताउनुभयो । उहाँका अनुसार बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी बक्यौता रकम र आगामी रणनीतिबारे जानकारी दिने बताउनुभयो । उहाँले आफूहरुको हिसाबअनुसार छ वटा मिलबाट ४१ करोड बक्यौता लिन बाँकी रहेको बताउनुभयो । ‘उक्त रकम आगामी भदौसम्म उठाइदिन सरकारसँग माग राख्ने र त्यो समयम्म रकम नउठे फेरि आन्दोलनमा जान्छौं,’ उहाँले भन्नुभयो ।

त्यसोत उखु किसानहरुले गत वर्ष २८ मंसिरदखि पुस १३ गतेसम्म काठमाडौंको माइतीघरमा आन्दोलन गर्नुभएको थियो । सो क्रममा एक जना उखु किसानको हृदयघातका कारण मृत्यु भएको थियो । आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादप मंसिरको अन्तिम साता काठमाडौं आउनुभएको थियो । तर, आन्दोलनकै क्रममा उहाँको मृत्यु भएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको