सफल युवा ब्यबसायी मनोज गैरे

रामकृस्ण कंडेल,वामीटक्सार

सानै उमेर देखि आफ्नै मिहिनेत लाई बिश्वास गर्ने युवा मनोज गैरे लाई लक डाउनको समयमा पनि कामको चटारो बढेकै छ।बाग्लुड०को बडिगाड१,सल्लेपोखरामा जन्मिनु भएका युवा हाल मुसिकोट नगरपालिका७स्थित वामीटक्सार बजारमा‘अल ईन वान एक्सिलेन्ट सुज सेन्टर’नामको जुता पसल सन्चालन गर्दै आऊनु भएको छ।पछिल्लो समय बैदेशिक रोजगारीमा लाखौं नेपाली युवाहरू पलायन भएको अवस्थामा घर नजिकै बसेर हजारौ कमाऊन सकिन्छ भन्ने भावका साथ आफ्नै पसल सन्चालन गर्दै आऊनु भएका मनोज संग उहॉको पसलमा हामी लाई केही समय भलाकुसरी गर्ने अवसर मिल्यो।

जुता पसल सन्चालन गर्दा के कस्ता अनुभब हरू छन भन्ने हाम्रो जिज्ञॉसामा:’लाज भन्ने शब्द यसमा हुदैन।ग्राहक हरूले नम्रताको ब्यबहार हामी बाट चाहान्छन,त्यो हामीले दिन सक्नु पर्छ’मनोजको भनाई छ।

आफ्नो पसलमा टाढा टाढा बाट पनि ग्राहक आऊने गरेको बताऊदै ‘हामीहरूले होलसेलमा पनि गुल्मी र बाग्लुड०का बिभिन्न स्थान हरूमा आफुहरूले निर्माण गरेका जुता,चप्पल लगायतका सामाग्री हरू पठाऊदै आएका छौ’मनोजको भनाई रहेको छ।मनोजको पसलमा बिधार्थी,युवा युवती तथा बृध्द बृध्दाहरू सबै आऊने गरेको देखिन्छ।प्रबृदीको बिकास संगै मानिसका सोच हरू पनि छिटो छिटो परिबर्तन हुने र त्यो परिबर्तित सोंचले प्रयोग गरिने बस्तु पनि नयॉ मोडलको होस भन्ने चाहना बुझेरै मनोजले आफ्नो पसलमा नयॉ नयॉ डिजाईनमा जुता चप्पल हरू निर्माण गर्दै आएकोले आफुले ग्राहक हरूको मन जित्न सफल भएको बताऊनुहुने मनोजले मादल,बॉसुरी,हरेक प्रकारका गाडिको कवर पनि बेच्दै आएको पाईयो।कोभिड१९को कारण उत्पन्न पछिल्लो परिस्थितीले ब्यापार सन्चालनमा के समस्या ल्यायोत भन्ने हाम्रो जिज्ञॉसामा मनोजको भनाई थियो:’बस्तु निर्माणको लागि आबश्यक पर्ने कच्चा पदार्थ बुटवल बाट समयमै ल्याई पुर्याऊन साथै उत्पादित बस्तुहरू माग भएको ठॉऊमा पठाऊन कठिनाई भएको छ’।

देशमै केहि गर्नु पर्छ भन्ने भाबका साथ जुताको कारोबार सुरू गरेका मनोज एक सफल ब्यापारी बनिसकेको अबस्था छ।हस्पिटल लाईन बुटवलमा गई केही समय सिप सिकेको र कुशल कालिगढ बनी वामीटक्सार फर्केको क्षण रोचक लाग्ने गरेको मनोजको संझना छ।२लाख बाट आफुले पसल शुरू गरेका मनोजको पसलमा लाखौंको कारोबार पुगेको अनुमान गर्न सकिन्छ।

समय लाई एक छिन पनि खेर नफाल्ने मनोज आफ्ना बुवा आमाको दुख हटाऊने र खुसि ल्याऊने यात्रामा लागि परेको देखिन्छ।’छोरो भएर जन्मि सके पछी केही राम्रो काम परिवार र समाज लाई अनुभुती गराऊनु पर्छ’मनोजको भनाई छ।

गरिब परिवारमा जन्मिएर हुर्केका मनोजले१-३कक्षा सरस्वती प्रा वि सिमलचौरमा र ४-१२सम्मको पढाई त्रिभुवन नमुना मा बि खर्बाड०बाट भएको हो।उच्च शिक्षा अध्ययनको रहर अझै पुरा नभएको बताऊनुहुने सफल युवा ब्यबसायी मनोजले बिहे भने तत्काल नगर्ने र आफ्नो पेशा लाई साथ समर्थन दिने कुशल र आकर्षक युवती लाई बधुको रूपमा रोज्ने बिचार सुनाऊनु भयो।थुप्रै केटी हरूले आफु लाई प्रेमको प्रस्ताब राखे तर मैले स्वीकृति दिन सकिन मनोजको भनाई थियो।एऊटा गरिबको छोरा आफ्नै कमाईले बाईकमा चढेर साऊजीको हैषियतमा गॉऊ शहर गरेको देख्दा धेरै आमा बाबु हरू मनोज देखी प्रभाबित भएको देखिन्छ।

बलियो,भरपर्दो र सस्तो मुल्यमा जुता चप्पल उपलब्ध गराऊन सक्नु मनोजको बिशेषता हो।वामीटक्सार स्थित ‘अल ईन वान एक्सिलेन्ट सुज सेन्टर’मा आई आफु हरू लाई सेवा गर्ने अवसर दिनुहुन सबै ग्राहक बर्गमा मनोज गैरेको बिशेष आग्रह छ।

Related Post
सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।