क्यानाडामा बस्ने नेपाली महिलामा मुटुको सफल प्रत्यारोपण

गुल्मी मुसिकोट नगरपालिका, वामीटक्सारकी सीता खरेल सापकोटाको मुटुको सफल प्रत्यारोपण (Heart Transplant) भएको छ। क्यानाडाको टोरन्टो जनरल अस्पतालमा उहाँमा मुटुको सफल प्रत्यारोपण गरिएको हो ।मुटु प्रत्यारोपण गर्ने यो विधि विश्वमा नै दुर्लभ मानिन्छ ।नेपाल र दक्षिण एशियामा अहिलेसम्म शुरु नभएको मुटु प्रत्यारोपण बिश्वका केहि मुलुकका सिमित अस्पतालमा मात्र हुँदै आएको छ।

नेपालमा केहि बर्षदेखि Open Heart Surgery मार्फत मुटुका भल्भहरु फेर्ने उपचार हुँदै आएको भएपनि मुटु प्रत्यारोपण जस्तो दुर्लभ उपचार हुन सकेको छैन।यद्यपी मृगौला र अन्य अंगहरुको प्रत्यारोपण भने हुँदै आएको छ।सीता खरेल सापकोटाको दुई दशक अगाडि मुटुको भल्भ फेरिएको र बिगत ४/५ बर्षदेखि अन्य भल्भमा पनि समस्या आएर Heart Failure तर्फ उन्मुख भएपछि उहाँको जीवन रक्षाको एउटै मात्र बिकल्प मुटु प्रत्यारोपण भएको चिकित्सकहरुको निस्कर्ष अनुसार सापकोटा २ बर्ष अघिदेखि Toronto General Hospital मा उपचारका लागि प्रतिक्षा सूचिमा हुनुहुन्थ्यो ।

अहिले Matching Heart प्राप्त गरी नयाँ जीबन प्राप्त गरेको उहाँका श्रीमान रोमकान्त सापकोटाले जानकारी दिनु भयो।उहाँका अनुसार बिरामीलाई मिल्दो मुटु प्राप्त गर्नु अति नै गाह्रो बिषय हो।Heart Doner र Heart Recipient को बिचमा धेरै कुराहरु मिल्नुपर्छ । जस्तै Blood group, Exact height र अन्य कुराहरु साँच्चै नै चामत्कारिक संयोगको कुरा भएको उहाँको भनाइ छ ।नेपलमा यो उपचार सहज नहुनुमा मुटुदान गर्ने दाताको अभाब नै मुख्य रहेको विज्ञहरुको भनाइ छ।

सीताका श्रीमानका अनुसार मुटु प्रत्यारोपणपछिको झण्डै १ बर्ष पूर्ण Recovery को अवधी हुन्छ।यो उपचारपछि बिरामीले Anti-rejection Medication भने लिइरहनु पर्ने र हरेक ३/४ महिनामा Rejection को मापन गर्न  Heart Biopsy गरिरहनु पर्नेहुन्छ।यसरी मुटुको सफल प्रत्यारोपण हुने सीता खरेल सापकोटा संभवत पहिलो नेपाली भएको समाचार नेपाल टेलिभिजनले उल्लेख गरेको छ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको