पढ्न बसेका विध्यार्थीहरु मास्क र सेनिटइजर बाेकेर गाउँमा

  • By : रामकृस्ण कंडेल
  • समाज

कृष्ण अन्जान,युनिक खवर✍️

नया भेरियन्ट सहितकाे काेभिड बाट बचाउन बुटवलका विध्यार्थी हरु ले अफ्ट्याराे र जाेखिम माेल्दै अाफ्नाे अभियान शुरु गरेका छन ।रुरुक्षेत्र रुपन्देही विध्यार्थी सम्पर्क समाजका अध्यक्ष अाशिष गौतम अाफ्ना सहकर्मी सँग रुरुक्षेत्रका विध्यालय मा मास्क र सेनिटाइजर बाेकेर घुम्दै हुनुहुन्थ्यो ।बुटवलमा पढ्न बसेका विध्यार्थी हरुले जाेहाे गरेर मास्क र सेनिटाइजर गाउँघरका विध्यालयमा बितरण गरिएकाे हाे ।

रुरुक्षेत्रकाे वडा न १ काे रिडी माध्यमिक विध्यालय रुरुक्षेत्र ३ काे राष्ट्रिय माध्यमिक विध्यालय र रुरुक्षेत्र ४ काे ज्ञवा बलेटक्सार माध्यमिक विध्यालयमा हरेक विध्यालय लाई ६सय थान मास्क र १० थान सेनिटइजरका बाेतलका दरले वितरण गरिएकाे सँस्थाका अध्यक्ष अाशिष गौतमले जानकारी दिनु भयाे ।

विध्यालय मा मास्क वितरण कार्यक्रम पछि अाफ्नाे प्रतिक्रिया दिँदै अध्यक्ष गौतमले अाफ्नै गाउँकाे माया लाग्याे र हामिले यहीँका विध्यालयमा सानाे सहयाेगकाे हात बढायौँ ।कार्यक्रम मा अाफ्नाे धारणा राख्दै रिडी माध्यमिक विध्यालयका प्रधानाध्यापक राेहित भण्डारीले गाउँघर सम्झेर शहरमा पढ्न बसेका विध्यार्थी हरुकाे सहयाेगका प्रशँसनिय भएकाे बताउनु भयाे ।

राष्ट्रिय माध्यमिक विध्यालय र ज्ञवा बलरटक्सार माध्यमिक विध्यालयका प्रधानध्यापक र विध्यालय व्यवस्थापन समितिका पदाधिकारी हरुले रुरुक्षेत्र रुपन्देही विध्यार्थी सम्पर्क समितिका सदस्य हरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विध्यार्थी सम्पर्क समाजका उषा ज्ञवाली राजिव गौतम तथा रन्जना ज्ञवाली समेत सहभागी हुनुहुन्थ्यो ।अाफ्नाे व्यस्तता लाई थाति राखेर विध्यार्थीले गरेकाे सिकाे अरु सँघसँस्थाले पनि गर्दै अरु विध्यालयमा पनि यस्तै सहयाेग काे अपेक्षा गरिएकाे छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।