वरिष्ठ गायक कार्कीले ल्याए मौलिक ‘असारे वाली’ गीतको भिडियो

काठमाडौं । वरिष्ठ लोक गायक बम बहादुर कार्कीले मौलिक ‘असारे वाली’ गीतको भिडियो ल्याएका छन् । २०४५ सालमा रेकर्ड गरेर अडियोमा मात्रै सिमित रहेको उक्त गीतलाई अहिले भिडियो छायांकन गरेर आफ्नै युट्युब च्यानलमार्फत ल्याएको गायक कार्कीले बताए ।

गीतमा वरिष्ठ गायक बम बहादुर कार्की, गायिका तारा थापा, युक्ता गुरुङ र सुनिता सुब्बाको आवाज रहेको छ भने कार्कीको आफ्नै शब्द रचना र संगीत रहेको छ । गाउँघर मेलापातामा गाइने उक्त मौलिक लोक भाकालाई खेतमा धान रोपाइँको अवसर पारेर ‘असारे वाली’ नामक गीतको भिडियो ल्याएको वरिष्ठ गायक कार्कीको भनाइ छ ।

उक्त भिडियोमा खेतमा रोपाइँ गरेका विभिन्न दृश्य छायांकन गरिएको छ । हल गोरु, रोपहार, बाउसेलगायतले रमाइलोसँग रोपाइँ गरेको भिडियोमा देख्न सकिन्छ ।

वरिष्ठ गायक कार्कीले आफ्नै गृहस्थल गुल्मीका विभिन्न खेतमा रोपाइँ भइरहेको समयमा भिडियो छायांकन गरिएको जानकारी दिए । साथै, मुगु जिल्लाका रोपाइँ पनि भिडियोमा कैद गरिएको उनको भनाइ छ । उक्त भिडियोमा कविराज कार्कीको निर्देशन रहेको छ भने रविलाल पौडेलले छायांकन र सम्पादन गरेका हुन् ।

Related Post
चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।