सँगसँगै विताईन टँकीकलाले तरकारीकाे डाेके व्यापार र वडासदस्यकाे कार्यभार

कृष्ण अन्जान✍️

गाउँमा सबैले भनेपछि सँघियता पछिकाे पहिलो निर्वाचनमा वडा सदस्यकाे उम्मेदवार बनेर तानसेन नगरपालिका वडा न १४ बाट जितेकी टँकीकला वि क ले जन प्रतिनिधिकाे रुपमा पाँच वर्ष विताए पनि तरकारी व्यापारकाे डाेकाे भने कहिल्यै बिसाईनन ।

तानसेन नगरपालिका वडा न १४ रविदासमा घर भएकि टँकीकला दैनिक ५ किलोमिटर पैदल हिँड्दै डाेकाेमा तरकारी बाेकेर रिडीबजार आईपुग्छिन दिनभरि तरकारी बेच्छिन र साँझ घर फर्किन्छिन याे उनकाे दिनचर्या हाे ।

कहिले आफ्नो बारीमा लगाएकाे तरकारी त कहिले गाउँका किसान हरुकाे घरबाट खरिद गरेर उनले तरकारी रिडीबजारमा पुर्‍याउन थालेकाे साेह्र वर्ष वित्न थालेकाे छ ।

यहि तरकारी पेशाका कारण सबै सँग परिचित भएकाले २०७४ सालकाे निर्वाचनमा गाउँका सबैले उनलाई चुनाव लड्न सल्लाह पनि दिए र नेपाली काँग्रेसकाे टिकटबाट उनी विजयी भईन र दलित महिला सदस्यकाे रुपमा पाँच वर्ष विताईन ।

कहिल्यै राजनीतिमा हिँडेकी पनि थिईन तर सबैले पत्याएर जिताउनु भयाे केही सिक्ने केही जान्ने मौका पाएँ सबैकाे सेवा गर्ने मौका पनि पाएँ उनले भनिन ।

पाँचवर्षे वडा सदस्यकाे कार्यकाल भरि मिटिँगकाे दिन बाहेक अरुदिन तरकारीकाे डाेके व्यापारमा नै वित्थ्याे ।गाउँमा खरिदेका सिमी ,बाेडि,मुला ,काँक्रा ,करेला ,घिरम्ला ,गाेलभेँड ,साग ,र सिजन अनुसारका हरेक तरकारी बाेकेर रिडी बजार पुग्छिन उनी ।केटा केटि पढ्दै छन ,बुढि सासू श्रीमानले मात्र कमाएर नपुग्ने ,मैले पनि केही कमाउन सकेँ भनेर याे तरकारी व्यापार राेजेकी हुँ ।हुन पनि तरकारी बेचेरै उनले छाेरा छाेरी पढाएकी मात्र छैनन पक्की घर समेत बनाएकी छन ।उनका छाेराले यतिबेला स्नातक पढिरहेका छन भने छाेरीले एसइइ दिएकि छन ।

त्यसाे त उनका पति नेत्रलाल विक पनि घर ठेक्कालिने काम गर्छन सँगै सिकर्मी पनि हुन ,दुवैजनाकाे परिश्रम ले दुईछाक खान उनिहरुकाे परिवारलाई दुख छैन ।वडा सदस्यकाे चुनाव जितेपछि उनलाई तरकारीकाे डाेके व्यापार छाड ,अब त नेता भयौ भनेर धेरैले भने ।

बारै नेता बन्दैमा आफ्नो पेशा छाडेर कसैले खान दिन्छ र ? मैले बरु राजनीति छाड्न सक्छु तरकारीको डाेके व्यापार छाड्न सक्दिन भने ,याे पटक पनि उठ त भनेका हुन भाे बाबै अघाईयाे भनेर उठिन टँकीकलाले भनिन ।

रिडीबजार क्षेत्रमा टँकीकलाकाे डाेके तरकारी व्यापार यति ब्रान्ड बन्याेकि एकदिन नआए उनलाई पटकपटक पटक तरकारीका ग्राहकले फाेन गर्छन ।नगद र उधारो दुवै व्यापार हुने उनले गर्ने तरकारी व्यापार बाट वर्षको पाँचलाख सम्म आम्दानी हुने गरेकाे उनकाे भनाई छ ।जीवनका चौवालिस बसन्त पूरा गरेकी टँकीकलालाई कतिबेला पनि थकाई लाग्दैन ।

पाँच वर्ष तानसेन नगरपालिका वडा न ४ कि सफल जन प्रतिनिधि बनेर कार्यकाल पूरा गरेकी टँकीकला विककाे डाेके व्यापारकाे कार्यकाल भने निरन्तर जारी छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको