एमाले गुल्मी जिल्ला कमिटीको दोश्रो बैठक तम्घासमा सम्पन्न
-
- By : रामकृस्ण कंडेल
-
- राजनीति

युनिक खवर✍️
ने क पा एमाले गुल्मी जिल्ला कमिटीको दोश्रो बैठक तम्घासमा सम्पन्न भएको छ।आगामी बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्बाचन लगायत बिबिध विषयमा महत्वपूर्ण निर्णय गर्नका लागि बैठक आयोजना गरिएको पार्टीले जनाएको छ।

नेकपा एमाले गुल्मी जिल्ला कमिटीको दाेस्राे पुर्ण बैठककाे अध्यक्षता बालसिंह काउछाको रहेको थियो।

प्रमुख अतिथी केन्द्रिय कमिटीका उपमहासचिव प्रदिपकुमार ज्ञवाली, विशेष अतिथि केन्द्रिय कमिटीका सचिव गाेकर्ण विष्ट,जिल्ला इन्चार्ज दिनेश पन्थी,केन्द्रिय सदस्य जङ्ग नेपाली,लुम्बिनी प्रदेश सदस्य कमल श्रेष्ठ ,लुम्बिनी प्रदेश सदस्य खड्ग केसी लगाएतकाे उपस्थितिमा जिल्ला कमिटीको बैठक सम्पन्न भएको हो।