गुल्मीको मुसिकोट नगरपालिका का शिक्षकहरु को तलब वृद्धि हुने

रामकृष्ण कंडेल,वामीटक्सार ✍️

मुसिकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्यापनरत बाल शिक्षक,विद्यालय कर्मचारी,विद्यालय सहयोगी लगायत नगर शिक्षकहरूको तलव संघीय सरकारले निर्धारण गरे बमोजिम हुनु पर्ने भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगरसमिती को आयोजनामा आज मुसिकोट नगरपालिकाको कार्यालय मा  संगठनले ध्यानाकर्षण पत्र बुझाएको छ l नगर भित्रका शिक्षकहरुका मागहरु लाई सम्बोधन गर्नका लागि माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको संगठनका नगर समिती कोषाध्यक्ष गोविन्द बि.सी ले युनिक खबर डट कम लाई जानकारी दिनुभएको छ l नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मुसिकोटको दोस्रो नगर अधिवेशन पश्चात निर्वाचित नयाँ कार्य समिती को बैठक पश्चात नगरपालिका लाई शिक्षकहरुका मागहरु सम्बोधनका लागि ध्यानाकर्षण पत्र बुझाउने निर्णयअनुसार आज उक्त कार्यक्रम सम्पन्न भएको कोषाध्यक्ष बि.सी ले बताउनु भएको छ l 

नगरप्रमुख सोमनाथ सापकोटा र उपप्रमुख कमला शर्मा लाई संगठन ले तयार गरेको पत्र बुझाइएको हो lसंगठन को ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख सोमनाथ सापकोटाले आगामी चौमासिक देखि यी सबै शिक्षक तथा बिध्यालय कर्मचारीहरू को तलब वृद्धि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ l  

 आजको कार्यक्रममा संगठनका गुल्मी जिल्ला अध्यक्ष  ज्ञानहरी सापकोटा,संगठनका मुसीकोट नगर समिति अध्यक्ष दधिराम शर्मा,उपाध्यक्ष बाबुराम घिमिरे,सचिव महलाल पौडेल,सहसचिव बिनु बज्रचार्य,कोषाध्यक्ष गोविन्द बि.सि,सदस्य दुर्गा सापकोटा लगायत नगर समितिका पदाधिकारी तथा संगठन सँग सम्बन्धित शिक्षकहरूको उपस्थिति रहेको थियो l

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।