ऋषिद्वारा व्यक्तिगत खर्चमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सुनिल न्यौपाने,गुल्मी✍️

गुल्मीको मुसिकोट नगरपालिका ३ मा अवस्थित पृथ्वी माध्यमिक विद्यालयमा अध्यनरत १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र बिद्यालयमा खेलकुद सामाग्री सहयोग गरिएको छ। गुल्मीको मुसिकोट नगरपालिका ३ जलुके स्थाई घर भएका आत्मराम न्यौपाने र मथुरा न्यौपानेका सुपुत्र हाल रुपन्देही तिलोत्तमा नगरपालिकामा बस्दै आएका सोही विद्यालयका पुर्व विद्यार्थी ऋषिराम न्यौपानेले व्यक्तिगत सहयोगमा पृथ्वी माध्यमिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई खेलकुद सामाग्री शुक्रवार एक कार्यक्रममा बीच वितरण गरिएको छ। सोही बिधालयमा अध्ययनरत मनिशा बिक र भिमप्रसाद रिजाललाई ऋषिराम न्यौपानेले कक्षा १० सम्मको शैक्षिक जिम्मा लिनुभएको थियो र अन्य १० विद्यार्थी गरि १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग र बिधालयलाई खेलकुद सामाग्री सहयोग गरेकोमा पृथ्वी माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्र पाण्डेले धन्यवाद सहित खुसी व्यक्त गर्नु भएको थियो।

प्रधानाध्यापक पाण्डेका अनुसार यस अगाडि पनि बिद्यालयमा अध्यनरत विद्यार्थीलाई पटकपटक शैक्षिक सामाग्री वितरण गर्दै आएको हुँदा बिद्यालय परिवार ऋषि न्यौपाने प्रति खुसी रहेको बताउनु भयो। सोही बिद्यालयका शिक्षक बोम छन्त्यालले यस सहयोगले नयाँ र फरक सन्देश प्रबाह गरेको भन्दै यी यस्ता अभियानमा सबै दाजुभाइ समाबेश हुन आग्रह गर्दै सहयोगीकर्ता न्यौपानेलाई धन्यवाद दिनु भएको थियो।

बिद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमको अध्यक्ष शिक्षिका उषा गौतम,प्रमुख अतिथि बिद्यालय व्यवस्थापन समिती सदस्य शान्ति बोहरा बिशिस्ट अतिथि पत्रकार सुनिल न्यौपाने, पृथ्वी माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्र पाण्डे लगायत सोही बिद्यालयका शिक्षक,शिक्षिका र विद्यार्थीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक बोम छन्त्यालले गर्नु भएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।