रुरु सँस्कृत विध्यापिठकाे समग्र विकासकाे प्रयास

कृष्ण अन्जान,रुरु

सँस्कृत वाँगमयकाे विकासका लागि सरकारले महेन्द्र सँस्कृत विश्व विध्यालयकाे स्थापना मात्र गरेन देशैका विभिन्न ठाउँमा सँस्कृत क्याम्पसकाे स्थापना गर्दै सँस्कृत शिक्षाकाे विकासमा नया अयाम थप्ने काम गर्याौ ।

बिक्रम सम्वत २०४३ सालमा स्थापना भएकाे महेन्द्र सँस्कृत विश्वविद्यालय ले देशै भरि गरि एक दर्जन भन्दा बढि अाफ्नाे मातहतका अाँगिक सँस्कृत विध्यापिठ स्थापना गरेपनि यतिबेला सँस्कृत शिक्षालाइ तुवाँलाेले डमक्कै ढाकेकाे छ ।

क वर्गमा व्याकरण साहित्य र वौद्द दर्शन ,ख बर्गमा नेपाली अँग्रेजी अर्थशास्त्र जस्ता विषयकाे अध्ययन अध्यापन हुने र भत्ता र अावासकाे व्यवस्थाले विध्यार्थिका अाकर्षणकाे केन्द्र रहेका सँस्कृत विध्यापिठ यतिवेला सुनसान मात्र देखिन्नन कुनै विध्यपिठ हरुमा विध्यार्थि भन्दा शिक्षक र कर्मचारीकाे सँख्या धेरै छ ।

महेन्द्र सँस्कृत विश्वविद्यालय अन्तरगत पवित्र रुरुधामकाे रातामाटामा २०४६ सालमा बनेकाे रुरु सँस्कृत क्याम्पस याे क्षेत्रकाे शैक्षिक केन्द्र काे रुपमा केही समय अाफुलाइ स्थापित गरेपनि पछिल्लो समय लाग्छ मात्र दिनकटाउने माध्यम भएकाे देखिएकाे छ ।

सँस्कृत शिक्षा प्रति सरकारकाे उदासिनता , लामाे समय सम्म राज्य सँस्कृत शिक्षा राज्यकाे अास्रित रहनु र पुर्विय दर्शन प्रति कसैकाे चासाे नहुनु राजनैतिक प्रभावले सँस्कृत शिक्षा प्रति हेर्ने दृष्टिकोण पुर्वाग्रहपुर्ण भएकाले समस्या निम्तिएकाे बुझाइ रुरु सँस्कृत विध्यापिठका नव नियुक्त प्रमुख खगेश्वर गौतमकाे छ ।

रुरु सँस्कृत विध्यापिठमै अध्ययन गरेर उक्त विध्यापिठमै अध्यनापन गर्दै प्राचार्य जस्ताे पदमा पुगेका युवा व्यक्तित्व गौतमले स्थापना भएकाे एकतिस वर्ष पछि परम्परागत शैलिंमा सन्चालन भैरहेकाे विध्यापिठलाई व्यवस्थापकिय भौतिक र शैक्षिक सुधारलाइ प्रमुख प्राथमिकता राख्ने उदघाेषले समायनुकुल परिवर्तनकाे अाशा गर्ने ठाउँ रहेकाे वौद्द दर्शनका उप प्रध्यापक खगेन्द्र भुषालले बताउनु भयाे ।

भौतिक सम्पतिले सम्पन्न हुँदा हुँदै पनि याे विध्यापिठले समुदाय सँग समन्वय गर्न नसक्दा समस्यामा परेकाे प्रष्ट देखिएकाे छ ।

विध्यापिठ सँग ३४ राेपनि सात अाना जग्गा सुविधा सम्पन्न शिक्षण भवन पुरुष छात्रवास महिला छात्रावास प्रध्यापक तथा कर्मचारि अावास भवनले सुसज्जित भवन यतिवेला एउटा कक्षा काेठामा एक जना विध्यार्थिलाइ एकजना शिक्षकले अध्यापन गरेकाे दृष्यले विरक्त लाग्ने गरेकाे छ ।

विध्यापिठ प्रमुख खगेश्वर गौतमका अनुसार विध्यापिठकाे रजिष्टरमा २९ जना विध्यार्थि १० जना कर्मचारी र १३ जना शिक्षक रहेकाे देखिन्छ तर शिक्षक कर्मचारी सधै विध्यापिठमा अाए पनि विध्यार्थि हरु भने मौसमी रहेकाे पाइएकाे छ ।नियमित विध्यार्थि दुइचार जना छन भने भर्ना हुने र परिक्षामात्र दिन अाउने विध्यार्थि काे सँख्या धेरै छ ।

सबैभन्दा दुखकाे कुरा रुरुधामकाे शैक्षिक गहना हुँदा हुँदै पनि याे विध्यापिठमा सामुदायिक सहभागिता शून्य रहेकाे विध्यापिठका प्रमुख गौतमकाे भनाइ छ ।न विध्यापिठले स्थानिय सँग समन्वय गर्याे न त समुदायको चासाेमा विध्यापिठ पर्याे गौतमले भन्नु भयाे ।

यहाँ सम्मकि विध्यापिठ सन्चालन नियमवलि मा व्यवस्था भएकाे विध्यापिठ विकास समिति ३१ बर्ष देखि गठन गरिएकाे छैन र समिति गठनमा विध्यापिठ व्यवस्थापन मौन देखिनु लाई अाश्चर्यकाे रुपमा हेरिएकाे छ ।

तर पहिलाे पटक ३१ वर्षको परम्परा ताेड्दै विध्यापिठ व्यवस्थापन समिति गठन गुरुकुलिय पद्धतिबाट फलित ज्याेतिषकाे अध्ययन अध्यापन विध्यापिठकाे भौतिक सँरचनात्मक र शैक्षिक विकासलाई समुदाय सँग जाेड्न सराेकारवाला हरु सँग अन्तरक्रिया भएकाे छ र नया सुझाव हरु अाएकाे प्रमुख गौतमले बताउनु भयाे ।

यथास्थितिमा रुरु सँस्कृत विध्यापिठलाइ राख्न मनले मानेन फलित ज्याेतिष कर्मकाण्ड सँगै वास्तु सहितकाे इन्जिनियरँग विषय पढाउँदै शैक्षिक विकासका गन्तव्य बनाउने मेराे लक्ष छ र स्थानिय सराेकार वाला विध्यापिठ व्यवस्थापन विच यसैवारेमा अन्तरकृया भएकाे छ म अाशावादि छु प्रमुख गौतमले भन्नु भयाे ।

हाम्रो अभियान गाउँ गाउँ सम्म अन्तरकृयात्मक रुपमा पुग्ने छ र विध्यापिठकाे अामुल परिवर्तन र सुधारमा सबैकाे सहयाेगका लागि विध्यापिठ प्रमुख खगेश्वर गौतमले अाग्रह समेत गर्नु भएकाे छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको