रुरुक्षेत्रकाे धार्मिक सर्किटमा जाम्बवान गुफालाइ जाेड्ने प्रयास

कृष्ण अन्जान

प्राकृतिकाे अनुपम उपहारका रुपमा रहेका सम्पदा हरुकाे सँरक्षणमा गुल्मी जिल्लाका स्थानिय तह हरु जुटि रहँदा वर्षौँ देखि अाेझेलमा परेकाे रुरुक्षेत्र ३ जौखाेला क्षेत्रका जाम्बवान गुफा पनि सँरक्षणकाे सुचिमा परेकाे छ ।

परापुर्व काल देखि अस्तित्वमा रहेपनि याे गुफा मात्र गफमा सिमीत रहेकाे मा रुरुक्षेत्र गाउँपालिका वडा न ३ ले गुफाको सँरक्षणमा विशेष चासाे मात्र देखाएको छैन कि गुफा सम्म पुग्न सजिलाे हाेस भनेर सडक विस्तार र सँरक्षणमा विशेष पहल शुरु गरेकाे छ ।

स्थानिय तहमा अाउने प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगतकाे बजेट मा जनशक्ति परिचालन गरि स्थानिय जौ खाेलामा हाललाइ कच्ची फड्के र गुफाकाे मुखसम्म पुग्ने कच्ची बाटाे निर्माण प्रक्रिया अगाडि वढाउने रुरुक्षेत्र ३ का अध्यक्ष शेषनारायण पौडेलले जानकारी दिनु भयाे ।

वडा भित्रका ऐतिहासिक धार्मीक र साँस्कृतिक सम्पदा सँरक्षण हाम्राे दायित्व हाे र याे गुफाकाे सँरक्षण मात्र हाेइन यसकाे प्रचार प्रसारले अान्तरिक र वाह्य पर्यटककाे गन्तव्य समेत बनाउने हाम्राे लक्ष हाे अध्यक्ष पौडेलले भन्नु भयाे ।तानसेन रिडी तम्घासकाे फँलाटे बाट स्यालपाेखरी भँडारथुम सम्म सवारि साधन र त्यसपछि करिव २० मिनटकाे पैदल यात्रामा पुग्न सकिने जाम्ववान गुफा अदभुत कलाकृति सहित जौखाेला क्षेत्रमा अवस्थित छ ।

गुफाकाे प्रवेशद्वार बाट भित्र पसेपछि भित्तामा अनेक कलाकृति र अझै भित्र पुग्दा खरानी तथा ढुँगाका चुलाे लगाएत भेटिएकाे र जस्काे कारणले याे गुफा अादिम मानवकाे वसाेवासकाे थलाे हुनसक्ने अनुमान गरिएकाे छ ।वाहिरी भाग साँघुरो भएपनि भित्र पुग्दा फराकिलाे रहेकाे याे गुफामा दर्जनौँ मानिस हरु अटाउन सक्छन् ।

शताव्दियौँ अगाडिबाट अस्तित्वमा रहेपनि याे गुफाकाे अध्ययन अनुसन्धान नभएकोले अाेझेलमा परेकाे मा बर्तमान समयमा यसकाे सँरक्षण गरिनु पर्ने कुरा स्थानिय सन्चार माध्यममा पटक पटक उठेकाे र स्थानिय तहले पनि महत्त्व दिएकाले सँरक्षणमा अाशावादि रहेकाे रुरु ३ का समाजसेवि कृष्ण राज ज्ञवालीकाे बुझाइ छ ।

रुरुक्षेत्रकाे रिडीधामलाइ धार्मिक पर्यटन क्षेत्रकाे रुपमा विकास गर्दै गर्दा जौखाेला क्षेत्रकाे याे गुफालाइ समेत यहि धार्मिक सर्किटमा जाेड्न सके गुफा अवलाेकन गर्न अाउने अान्तरिक र वाह्य पर्यटक गन्तव्य बन्न सक्ने छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको