रिडी रुद्रवेणि सडक सुचारु

कृष्ण अन्जान✍

अविरल रुपमा परेकाे मनसुनी वर्षाका कारण अवरुद्द बनेकाे रिडी रुद्रवेणि सडक खण्ड सुचारु भएकाे छ ।

रिडी देखि रुद्रवेणि सडक खण्डकाे करिव आधा दर्जन ठाउँमा गएकाे पहिराेका कारण करिव अडचालिस घण्टा देखि अवरुद्द सडक विहिवार अपरान्ह देखि सुचारु भएकाे रिडी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक शुभराज बमले जानकारी गराउनु भयाे ।

याे क्षेत्रमा कालिगण्डकी करिडाेर तथा रुरुवाँध लगाएतका निर्माणका काम गरिरहेकाे शर्मा एण्ड सगुन कन्ट्रक्सनका जेसिभिकाे सहयाेगले सडक खुलाउने काम भएकाे प्रहरी निरिक्षक बमले बताउनु भयाे ।

बुधवार पनि सडक खुलाउने कार्यमा जेसिवि प्रयाेग गर्ने प्रयास गरिएपनि भिषण वर्षाका कारण वाटाे खुल्न सकेकाे थिएन ।

सडक अवरुद्द भएपछि रिडी र रुद्रवेणिमा साना सवारी तथा ढुवानिका साधन राेकिएका थिए ।

यसै विच कालिगण्डकीमा आएकाे बाढिले बन्दै गरेकाे तिनमुखे पुलका महत्त्वपूर्ण सामान हरु बाढिले बगाएकाे रिडी बाट पत्रकार सुन्दर कसजुले जानकारी दिनु भयाे ।

वाढिकै कारण स्याङ्जा र गुल्मी जाेड्ने पुल कालिगण्डकी करिडाेर लाई समेत प्रभाव पारेकाे छ भने गुल्मी तर्फकाे लामाचौपारी र पाल्पा क्षेत्रमा ऋषिकेश मन्दिरकाे गेट क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यापारीलाई क्षति पुर्याएकाे छ ।

यतिवेला भने कालिगण्डकी नदिकाे बहाव कम भएपछि रिडीवासिले राहत महसुस गरेकाे पत्रकार कसजुले जानकारी दिनु भयाे ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।