मन्दिरकाे भेटि व्यवस्थापन गर्न पर्यटन मन्त्री गिरी समक्ष पत्रकार अन्जानकाे अाग्रह

रामकृस्ण कंडेल,युनिक खवर

ऋषिकेश मन्दिर काे भेटि व्यवस्थापन लगाएत यावत समस्याका बारेमा पत्रकार कृष्ण अन्जानले लुम्बिनी प्रदेशका उधाेग पर्यटन बन तथा बाताबरण मन्त्री लिलि गिरीलाई अबगत गराउनु भएकाे छ ।मुख्यतया ऋषिकेश मन्दिर लामाे समय देखि एकाधिकारकाे रुपमा पुजारी हरुकाे नियन्त्रणमा रहेकाे र मन्दिरलाई ट्रष्ट मार्फत सँचालन गर्नु पर्ने ११ बुँदे माग सहित शान्तिपुर्ण अान्दाेलनमा जाने तयारी गर्नु भएका अन्जानले मन्दिरको भेटि व्यवस्थापन ,मठाधिशकाे व्यवस्था ,मन्दिर परिसरमा भण्डारा र भक्तभक्तिनि लाई अावास , अार्थिक पारदर्शिता ,धार्मिक सँघ सँस्था सँग समन्वय ,दैनिक कालि गण्डकी तटमा अारती ,लगाएत मन्दिर काे भौतिक र व्यवस्थापकिय सुधारका लागि अाफ्ना धारणा मन्त्री गिरि सँग राख्नु भएकाे थियाे ।

पुजारी व्यवस्थापनका लागि गुठिसँस्थान ले बारम्बार पत्र पठाएकाे स्मरण मन्त्री गिरीलाइ गराउँदै तलबि पुजारीकाे नियुक्ति अहिलेकै पुजारीलाइ गर्न सकिने तर्क पत्रकार अन्जानकाे थियाे ।पत्रकार अन्जानकाे कुरा सुनिसकेपछि पर्यटन मन्त्री गिरीले यी कुरामा अाफु सकारात्मक रहेकाे र प्रदेश भित्रका मठ मन्दिरलाइ व्यवस्थित बनाउन नीति बनाउन लागिएको बताउँदै अाफुले तत्काक मठ मन्दिर व्यवस्थापनमा पहल शुरु गर्ने बताउनु भएकाे छ ।

मन्त्री गिरीले मन्दिर सन्चालनकाे नीति तयार भइ सकेपछि समिति समेत गठन गर्दै मन्दिरकाे अायस्तालाइ पारदर्शी र व्यवस्थपन पक्ष दरिलाे बनाउने पनि बताउनु भएकाे थियाे ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको