छत्रकोटमा राष्ट्रिपति रनिँग शिल्ड प्रतियोगिता शुरु

कृष्ण अन्जान

भर्खरै बन्दै गरेकाे खेल मैदान । पहिलाे पटक यहि खेल मैदानमा अायाेजना हुन लागेकाे  छत्रकोट गाउँ पालिकाकाे राष्ट्रपति रनिँग शिल्ड प्रतियोगिताकाे तेस्रो श्रृङखलामा उपस्थित गाउँपालिकाका पधाधिकारि स्थानिय खेलप्रेमी खेलाडि सबै यहाँ उत्साहित देखिन्थे ।वास्तवमा मुलुक सँघियतामा गई सकेपछि अरु क्षेत्रकाे विकास सँगै खेलकुद क्षेत्रले पनि फड्काे मारेकाे दृष्य यसरी स्थानिय तहले अायाेजना गर्ने खेलकुदले देखाएकाे छ ।

खेल स्वास्थ मनाेरन्जन सँगै देश मित्रता भाइचारा र जीवन र जिविकालागि भइसकेकाे प्रतियोगिता उदघाटन गर्न छत्रकोट गाउँ पालिका वडा न ३ काे बुढाचौरमा पुगेका लुम्बिनी प्रदेशका साँसद तथा विशेषाधिकार समितिका सभापति कमल श्रेष्ठको भनाइ रह्याे ।

खेलकुद पुरातनवादि साेँचबाट मुक्त भइसकेकाे र पहिले खेलकुदमा लागे विग्रिन्छ भन्ने मान्यता अब पलाएन हुँदै खेल खेले बनिन्छ भन्ने उदाहरण विश्व अन्य देशका मात्र हाेइन नेपालका खेलाडीले दिइसकेकाे अवस्थामा ग्रासरुटमा अायाेजना हुनेयश प्रकारका प्रतियोगिताले राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडि उत्पादन गर्न टेवा पुग्ने साँसद श्रेष्ठको धारणा थियाे ।

गाउँपालिकाले खेलकुदकाे विकासमा कुनै कसर नराख्ने र सवै वडा हरुमा खेल पुर्वाधार लैजान अाफुले पहल गरिसकेकाे र खर्ज्याँग र वुढाचौरमा निर्माण भएका खेल मैदान यसैका उदाहरण भएका र क्रमश समानुपातिक विकासकाे अवधारणामा हरेक वडामा खेल मैदान बन्ने गाउँपालिका का अध्यक्ष मधुकृष्ण पन्तकाे प्रतिवद्दता रह्याे ।

तानसेन तम्घास माेटर बाटाे देखि करिव एक सय पचास मिटरकाे दुरीमा छत्रकोट गाउँपालिका स्तरिय याे खेलमैदान सम्याउन प्रतिघण्ट दुइहजार दुई सय पचासका दरले १सय २७ घण्टामात्र बुल्डाेजर प्रयाेग गरिएकाे छ तर काम भने साेँच्नै नसक्ने गरि भएकाे छ ।

गाउँ पालिकाले ३ लाख बिनियाेजन गर्याे त्यसै अनुसार खेल मैदान निर्माण हुँदैछ निर्माण समितिका अध्यक्ष तथा गाउँ पालिकाका शिक्षा तथा खेलकुद प्रवर्द्धन समितिका समेत रहेका झक बहादुर मिदुनले भन्नु भयाे ।

हामिले महत्वाकाँक्षि याेजना बनाएका छौँ खेलकुदका लागि यसै मैदानमा फुटवल खेल्न मिल्ने खेलमैदान र साेहि मैदान सँगै व्याडमिन्टन र भलिवलकाे इन्डाेर कभर्डहल निर्माण गर्ने लक्ष छ यसका लागि प्रदेश र सँघ सरकारकाे सहयाेगकाे अपेक्षा गरेकाे मिदुनकाे भनाइ छ ।

उनै झक बहादुर मिदुनकाे अगुवाइमा निर्माण हुँदै गरेकाे बुढाचौर खेलमैदानमा छत्रकोट स्तरिय राष्ट्रपति रनिँग शिल्ड प्रतियाेगितामा करिब एक दर्जन बिध्यालयका सय बढि विध्यार्थिले एक दर्जन खेलका इभेन्ट्स हरुमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने अायाेजक हरुले जनाएका छन ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा भाग लिन हुँगा पल्लिकाेट देखि दौँघा सम्मका विध्यालयका खेलाडि र खेल शिक्षक अफिसियल काे अागमनले भेँडुवा क्षेत्र खेलमय र खेलाडि मय बनेकाे छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।