प्युठानका लोकराज पोख्ररेलको कृषिमा लोभलाग्दो प्रगति

राष्ट्रपति पुरस्कारबाट सम्मानित कृषि कार्यमा सक्रिय प्युठानका लोकराज पोख्ररेलको कृषिमा लोभलाग्दो प्रगति"- सोह्र वर्षको उमेरमा वुवासँगै कृषि कर्म शुरु गरेका प्यूठान नगरपालिका वडा नं ३ रातामाटा निवासी लोकराज पोख्ररेल ५३ वर्षको भए । कृषि कर्ममै सक्रिया पोख्रेल अहिले पनि युवा अवस्थामा जत्तिकै सक्रिय छन् ।

तीन रोपनी क्षेत्रबाट कृषि पेशा शुरु गरेका उनिसँग अहिले ३५ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ । ३० रोपनीमा धान र गहुँको वेर्ना उत्पादन, २ रोपनीमा तरकारी खेती र ३ रोपनीमा नर्सरी स्थापना गरेका छन् । २४ रोपनी जग्गा लिजमा र बाँकी आफ्नैमा खेती किसानी गर्दै आएका छन् । वेर्ना, विरुवा र तरकारी खेतीकै आम्दानीले उनले घर खर्च चलाउँदै आएका छन् । बार्षिक ८ लाखसम्म आम्दानी हुने गरेको उनले बताए ।

टमाटर, खुर्सानी, काक्रा, करेला जस्ता मौसमी तथा वेमौसमी तरकारीहरु उत्पादन हुने गरेको छ उनको खेतमा । नर्सरीमा प्याज, ब्रो काउली, फुलकाउली, टमाटर लगायतका वेर्नाहरु उत्पादन गर्दै आएको पोख्रेलले बताए । उत्पादन गरिएको तरकारी र वेर्नाको राम्रो बजार रहेको उनले बताए ।

रातामाटाको नर्सरीबाट उत्पादन भएको वेर्ना र तरकारीहरु यहिबाटै विक्रि हुने गरेको छ । ‘सुरुसुरुमा साईकलमा राखेर जुम्रि, विजुवार बजार लैजान्थे’, उनले थपे, ‘अहिले ग्राहकहरु खोज्दै यहि आउने गरेका छन् ।’मध्यम वर्गिय परिवारमा जन्म लिएका पोख्रेलको मुख्य पेशा नै कृषि हो । ‘कृषि कर्मबाटै गुजारा चलाउँदै आएको छु’, उनले भने, ‘२०५० सालदेखि सात वर्ष भारतमा गएर नोकरी पनि गरे ।’

पोख्रेलको सफल कृषि कर्मले १०० बढि प्रमाणपत्र र प्रसंशा पत्र पाइसकेको छ । २०७१ सालमा राष्ट्रपतिबाट समेत पुरस्कृत हुने अवसर पाएको उनले सुनाए । परिवर्तित राज्य संरचना अनुसार सरकारी निकायले कृषिको व्यवसायिकरणको नारा दिने गरेपछि यसमा उनको चित्त बुझेको छैन् । कृषि क्षेत्रमा सरकारी लगानी बढि देखिने भएपछि कृषकका समस्या समाधान हुन नसकेको उनको बुझाई छ ।

भारतको नोकरीले चित्त नबुझेपछि पुनः कृषि पेशालाईलाई बढवा दिएको उनले बताए । तीन रोपनी क्षेत्रफलमा तरकारी खेतीबाट शुरु भएको कृषि कर्मले अहिले व्यवसायिकता पाउन थालेको छ ।

शुरुमा श्रीखण्ड र कागतीका वेर्ना समेत उनले उत्पादन गरेका थिए । यसले प्यूठान सहित छिमेकि जिल्ला दाङ, रोल्पामा समेत बजार पाएको थियो । कृषि क्षेत्रमा काम गर्ने विभिन्न निकायहरुले कृषकहरुलाई यस्ता वेर्ना वितरण गर्न थालेपछि आफ्नो उत्पादनले राम्रो बजार पाउन छोडेपछि उत्पादन बन्द गरेको उनको अनुभव छ ।

उनकोे कृषि व्यवसायलाई विभिन्न निकायहरुले सहयोग समेत गरेका छन् । ‘साविक कृषि विकास कार्यालय मार्फत पुर्वका केहि क्षेत्रको अवलोकन गर्ने अवसर मिल्यो’, उनले भने, ‘कृषि कर्मका लागि थप हौसला मिलेको छ ।’ २०७५ सालमा कृषि कार्यालयले हाते ट्याक्टर खरिदमा सहयोग गरेपछि कृषि उत्पादनमा सहज भएको उनले बताए ।

पोख्रेलको सफल कृषि कर्मले १०० बढि प्रमाणपत्र र प्रसंशा पत्र पाइसकेको छ । २०७१ सालमा राष्ट्रपतिबाट समेत पुरस्कृत हुने अवसर पाएको उनले सुनाए । परिवर्तित राज्य संरचना अनुसार सरकारी निकायले कृषिको व्यवसायिकरणको नारा दिने गरेपछि यसमा उनको चित्त बुझेको छैन् । कृषि क्षेत्रमा सरकारी लगानी बढि देखिने भएपछि कृषकका समस्या समाधान हुन नसकेको उनको बुझाई छ ।

व्यवसायिक कृषक बनाउनका लागि सरकारले वीऊ, मल र औषधीमा सहुलियत दिनु पर्ने उनको धारणा छ । स्थानीय सरकार जनतासँगको नजिकको सरकार भएकाले अनुदान वितरणलाई व्यवहारिक वनाउनु पर्ने उनले बताए ।

तस्वीर तथा जानकारी - लोकराज पोख्रेल / प्युठान

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।