समृद्ध ढोरपाटन नगर प्रमुख देबकुमार नेपालीकाे संकल्प

  • By : रामकृस्ण कंडेल
  • समाज

कृष्ण अन्जान / रामकृष्ण कंडेल,गुल्मी✍️

समाज र देश बनाउन इच्छा शक्ति अावस्यक पर्छ ।त्याग,बलिदान र निस्वार्थ कामले समाज बदलिन सक्छ यसकाे उदाहरण बन्नु भएकाे छ बाग्लुङकाे ढोरपाटन नगरपालिका प्रमख देबकुमार नेपाली ।

ढोरपाटन नगरपालिकाकाे प्रमुखमा निर्वाचित भएकाे साढे तीन वर्ष भएकाे छ,याे तीन वर्षमा ढोरपाटन नगरपालिकामा प्रमुख नेपालीले गरेका निस्वार्थ कामकाे चर्चा चलिरहँदा राज्यले गरेकाे सम्मानबाट वास्तवमै राज्यले उहॉ र उहाँले गरेकाे काम लाई चिनेरै सम्मान गरेकाे बुर्तिबाड० बासीकाे बुझाई छ ।

राष्ट्रपति विध्यादेवी भण्डारी बाट सम्मानित ४४ बर्षिय नगर प्रमुख देवकुमार नेपालीले सुप्रवल जनसेवा श्री तृतीय बाट बिभुषित हुनु हुँदै गर्दा उहाँकाे समाज सेवा प्रतिकाे सम्मानमा नयाँ उचाइ मात्र थपेकाे छैन अझै काम गर्ने उत्साह र उत्प्रेरणा थपेकाे नेपालीको बुझाइ छ ।

गण्डकी प्रदेशकाे राजधानी पाेखरा लाई व्यवसायिक थलाे बनाए पनि पछिल्लो चरण जन्मस्थान ‘बुर्तिवाड०’उहाँकाे कर्म थलाे हाे ।सधै ढोरपाटनका अाम जनसमुदायका लागि चिन्तित रहनु हुने प्रमुख नेपालीकाे पहिलाे अभिष्ट ढोरपाटनको विकास भएकाे उहाँले गरेका काम हरुले देखाएकाे छ ।

प्रमुख नेपालीले ढोरपाटन नगरपालिका भित्रका करिव अाठ सय गरिव दलित र विपन्न परिवारका घरका छाना अाफ्नै निजि खर्चले टिनले छाइदिनु भएकाे छ ।

नगरपालिका भित्रका धेरै जसाे विध्यालयमा उहाँकै निजि खर्चमा व्यवस्था गरिएका शिक्षक हरुले अध्यापन गर्छन ।नगरका विभिन्न विध्यालयमा गरि असि भन्दा बढि शिक्षक हरु नगर प्रमुख नेपाली बाट प्राप्त रकमको तलबले अध्यापन गर्छन ।

ढोरपाटन क्षेत्रका दुई दर्जन सँघ सँस्था,विध्यालय हरुमा अक्षयकाेषकाे स्थापना गर्नु भएका प्रमुख नेपालीले बुर्तिवाड०मा अबस्थित क्याम्पसका लागि सर्वाधिक २१ लाखकाे अक्षयकाेषकाे व्यवस्था गरिदिनु भएकाे छ ।

विध्यालय हरुकाे शैक्षिक विकासमा अाधुनिकि करणका लागि विध्यालय हरुमा कम्प्युटर बितरण गरिएकाे छ ।

काेभिड १९ प्रती शंवेदनशिल देखिनु भएका प्रमुख नेपालीले यस क्षेत्रमा २ हजार ५ सय गरिब विपन्न परिवारलाई अाफ्नै खर्चमा राहत बितरण गर्नु भएका नेपालीले

ढोरपाटन नगरपालिका र यस अासपासका क्षेत्रका करिव ६० जना सुत्केरी व्यथाले छटपटिएका महिला लाई अाफ्नै खर्चमा हेलिकप्टरकाे व्यवस्था गरि पोखरा पुर्याएर अामा र बच्चाकाे ज्यान बचाउनु भएकाे छ ।

सबै भन्दा गज्जबकाे कुरा त नगरप्रमुख नेपालीले नगरप्रमुख भए बापत प्राप्तहुने कुनै पनि तलब भत्ता नलिएको युनिक खवर डट कम संगको कुराकानीको क्रममा बताऊनु भएको छ।

गरिव असहाय बृद्ध बृद्धा हरु लाई ढाेरपाटन देखि पाेखरा सम्म निशुल्क रुपमा सवारी साधन अावत जावतकाे व्यवस्था मिलाइ दिनु भई सामाजिक उत्तर दायित्वका काम समेत गर्नु भएकाे छ ।

शिक्षा,स्वास्थ्य,सामाजिक सेवा सँगै विकास निर्माणका कामहरुमा पनि अव्वल सावित हुनु भएका प्रमुख नेपाली ढोरपाटन नगरपालिका लाई अान्तरिक र वाह्य पर्यटनकाेअझै उत्कृष्ट गन्तव्यका रुपमा विकसित गराउँदै अान्तरिक र वाह्य पर्यटक हरु एक पटक पुग्नै पर्ने ठाउँकाे रुपमा विकास गर्दै समृद्ध ढोरपाटन लागि अाफ्नाे अथक प्रयास जारी रहने बताउनु हुन्छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।