क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो। आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको समेत अनावरण गरेको छ। सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो।

टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने टिजिग नेपालकै पहिलो कम्पनी भएको बताउनुभयो। उहाँले औषधि व्यवस्था विभागसंग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु भईसकेको भन्दै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने बताउनुभयो। कम्पनीका अनुसार टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भईसकेको छ भने काभ्रेको बनेपा १ नालामा १६ रोपनी क्षेत्रफल जग्गामा उद्योग रहेको छ । त्यसमध्ये अहिले २० हजार स्वाएर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताउनुभयो। वैद्यका अनुसार अत्याधुनिक प्रविधिमा बनाइएको टिजिग फर्माको उद्योग डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना उद्ययोग रहेको छ । टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाएको छ। त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन्। यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक बैद्यले बताउनुभयो।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको