गल्कोट समाज युकेका अध्यक्ष कंडेल बेलायतबाट सहयोग लिएर ढोरपाटनमा

रामकृस्ण कंडेल,वामीटक्सार✍️

गल्कोट समाज युकेका अध्यक्ष तथा युवा समाजसेवी ब्यक्तित्व राजु कंडेल बेलायतबाट बागलुङको ढोरपाटनमा सहयोग रकम लिएर आउनुभएको छ ।आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोवाङ्गमा आयोजित सहयोग हस्तान्तण कार्यक्रममा अध्यक्ष कंडेलले रु ९ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

ढोरपाटन नगरपालिकाको बाढी पहिरोबाट प्रभावित उक्त क्षेत्रमा स्वास्थ्य चौकी निर्माण गर्ने उद्देश्यले स्वास्थ्यचौकीको लागि आवश्यक पर्ने जग्गा खरिदको लागि रु ९ लाख संस्थाको तर्फबाट सहयोग घोषणा गरिएको ढोरपाटन बाट गुल्मीको वामीटक्सार फर्की सकेपछी अध्यक्ष कंडेलले युनिक खवर डट कम लाई बताऊनु भयो।

बाढीपहिरोबाट ठूलो संख्यामा जनधनको क्षति भएको र उक्त क्षेत्रमा स्वास्थ्यचौकीको आवश्यकता महसुस गरी संस्थाले बेलायतमा बसोबास गर्ने गल्कोट क्षेत्रका नेपाली हरु बाट संकलित रकम अध्यक्ष कंडेलले आज ढोरपाटनको उक्त स्थानमा आयोजित औपचारिक कार्यक्रममा वडाअध्यक्ष हरीबहादुर घर्तीमगर लाई उक्त सहयोग रकम हस्तान्तरण गर्रिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गल्कोट समाज युकेका अध्यक्ष राजु कंडेलले आफूहरुले दीनदुःखी,समस्यामा परेका हरूको सेवा गर्दै आएको र संस्थाको तर्फबाट बाढी-पहिरो प्रभावितहरूको लागि स्वास्थ्यचौकी जस्तो महत्वपूर्ण संस्था निर्माण स्थापनाको लागि जग्गा खरिदको लागि यो सहयोग रकम गरिएको र आगामी दिनमा पनि संस्थाको तर्फबाट सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।सेवा नै धर्म हो भन्ने मूल मन्त्र बाट प्रभावित भएर आफूहरू अगाडि बढेको,सात समुद्र टाढा रहेर पनि यस जन्मभूमिमा महत्वपूर्ण क्षणमा सहयोग कार्य अगाडि बढाउँदै आएको र यसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष हरि बादुर घर्तीमगरले गल्कोट समाज युकेले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोगको अपेक्षा गर्नुभएको थियो।सहयोग हस्तान्तरण कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बिरजंग भन्डारी,जनजागृति माध्यमिक विद्यालयका कॅडेबासका प्रधानाध्यापक तेजबहादुर बुढाथोकी,समाजसेवी व्यक्तित्वहरुमा तिलाराम सापकोटा,विष्णु सापकोटा,रामु सापकोटा लगायतको उपस्थिति थियो।

उक्त कार्यक्रममा शेरमान घर्ती,मनबहादुर पुन,पत्रकार घनश्याम गौतम लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन कौरब खत्रीले गर्नुभएको थियो

अध्यक्ष कंडेलका अनुसार स्वास्थ्यचौकी स्थापनाको लागि तीन रोपनी एक आना जग्गा खरिद गर्ने निर्णय भएको समेत जानकारी प्राप्त भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको