वामी-विश्व सम्पर्क मञ्च चितवन शाखाको अध्यक्षमा पौडेल र सचिवमा खरेल चयन
-
- By : रामकृस्ण कंडेल
-
- समाचार

रामकृष्ण कंडेल,युनिक खवर✍️
आज वामी विश्व सम्पर्क मञ्च चितवन शाखाको गठन गरिएको छ।भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित होटल शुभम एन्ड हस्पिटालिटीमा सम्पन्न एक भेलाले चितवन शाखाको गठन गरेको हो।

आज गठीत नयाँ कार्यसमितिमा अध्यक्ष शारदा शर्मा पौडेल,वरिष्ठ उपाध्यक्ष कृष्णहरी सापकोटा, उपाध्यक्ष बिक्रम सापकोटा,सचिव शेषकान्त खरेल,कोषाध्यक्ष अरुणकुमार कक्षपती, सह सचिव भक्तबहादुर केसी,सहकोषाध्यक्ष राधिका काफ्ले रहनु भएको नबनिर्बाचित उपाध्यक्ष बिक्रम सापकोटाले युनिक खवर डट कम लाई जानकारी दिनुभयो।

उपाध्यक्ष सापकोटाका अनुसार कार्यसमिति सदस्यहरूमा क्रमश भुवन शंकर सापकोटा, शुसिल पान्डे,यादुमणी खरेल, कमला काफ्ले रहनु भएको छ।

यसैगरी आजको भेलाबाट लेखासमिति संयोजकमा चन्द्रकान्त काफ्ले चयन हुनुभएको छ।गुल्मी वामी बाट चितवनमा बसोबास गर्दै आउनुभएका व्यक्तित्वहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो।


आजको भेलामा उधोग बाणिज्य संघ चितवनका अध्यक्ष उत्तमलाल चुके प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा दिनेश चुके,बोधशाली गौतम हुनुहुन्थ्यो।कार्यक्रमको सञ्चालन बिक्रम सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता समाजसेवी शारदा शर्मा पौडेलले गर्नुभएको थियो।