प्रहरी र समुदाय बिच समन्वय अावस्यक

युनिक खवर✍️

प्रहरी र समुदाय विचकाे सहकार्यले सामाजिक सुरक्षा र अमन चयन हुनेमा रिडीमा अायाेजित कार्यक्रमका वक्ता हरुले जाेड दिएका छन ।

परिचय कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समितिका उप प्रमुख तुल्सी श्रेष्ठले प्रहरी र समुदायको सहकार्यले अमन चयन कायम हुने बाताउँदै काेभिड १९ काे सँक्रमण न्युनिकरणमा प्रहरी सँग साझेदारी गर्न जिल्ला समन्वय समिति तयार रहेकाे बताउनु भयाे ।

इलाका प्रहरी रिडीमा हालै जिम्मेवारी सम्हाल्न अाउनु भएका प्रहरी निरिक्षक शुभ राज बम सँगकाे अन्तरकृया र परिचय कार्यक्रम मा बाेल्दै रुरुक्षेत्र गाउँ पालिकाका वडा न १ का वडाध्यक्ष रामलाल बिक ले प्रहरी सँग स्थानिय निकाय ले समन्वय गर्न तयार रहेकाे बताउनु भयाे ।

वडाध्यक्ष विकले प्रहरी स्वास्थ्यकर्मी र स्थानीय निकाय सँगकाे सहकार्यमा सँस्कृत विध्यापिठमा ६ बेडकाे अाइसाेलेसन व्यवस्थापन यथासिघ्र गर्ने तयारी बताउनु भयाे ।परिचय कार्यक्रममा बाेल्दै रिडी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुभ राज बमले प्रहरी र समुदायको समन्वय ले सबै खाले सामाजिक शान्ति शुरक्षा कायम गर्न प्रहरी सक्षम हुने बताउनु भयाे ।

कार्यक्रम मा बाेल्दै प्रहरी निरिक्षक बमले भेरियन्ट सहितकाे काेभिड १९ काे सँक्रमण बाट बच्न स्थानीय तह र समुदायकाे सहयाेगकाे अपेक्षा गर्नु भयाे ।स्थानिय समुदायकाे तर्फबाट अाफ्नाे धारणा राख्दै चन्द्रलाल कसजुले रिडी क्षेत्रकाे शान्ति शुरक्षामा प्रहरीकाे याेगदानकाे प्रशंसा गर्नु भएकाे थियाे ।

रिडी इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शालिकराम थापाले सन्चालन गर्नु भएकाे कार्यक्रममा पत्रकार कृष्ण अन्जान नेकपा एमाले रुरु १ का सँयाेजक नवराज विक समाजसेवी फर्सुराम पौडेल जीवन कसजु लगाएतले अाफ्ना धारणा राख्नु भएकाे थियाे ।

कार्यक्रममा नेपाली काँग्रेस नेकपा एमाले माअाेवादी केन्द्रका प्रतिनिधि सँगै रुरु १ का समाजसेवि हरुकाे उपस्थिति रहेकाे थियाे ।इलाका प्रहरी कार्यालय रिडी ले शुरु गरेकाे मास्क खै कार्यक्रमका लागि समाज सेवि फर्शुराम पौडेलले पँाच सय थान र नेपाली काँग्रेसकाे युवा नेता राजेन्द्र राणाले पाँचसय थान मास्क र रुरु १ का वडाध्यक्षप्र रामलाल विकले अावस्यक पर्ने ग्लाेब प्रदान गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको कृष्ण अन्जानले रुरु बाट समाचार पठाऊनु भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको