रिडी रूद्रबेनी वामीटक्सार मोटर बाटो अबरूध्द हुदा यात्रु हरू लाई सास्ती

रामकृस्ण कंडेल,वामीटक्सार

रिडी रूद्रबेनी वामीटक्सार मोटर बाटो अबरूध्द हुदा सास्ती भएको छ।केही दिन पहिले रिडी बजार नजिकै बिस्णुपन्जर भन्ने स्थानमा सडक माथी बाट आएको पहिरोको कारण सडक अबरूध्द भएको छ।सडक अबरूध्द हुदा यस बाटो हुदै वामीटक्सार र बाग्लुड०का बिभिन्न स्थानमा पुग्नु पर्ने र त्यहॉ बाट छुट्ने यातायातका साधनहरू तम्घास हुदै चल्न थालेका छन।

सडक खुलाऊन डोजर प्रयोग गरिएता पनि सडकमा ठुलो पहिरो रहेकोले सडक सुचारू गर्न अझै धेरै समय लाग्ने बताईएको छ।बडादशैको पुर्ब सन्ध्यामा बिभिन्न स्थान बाट आफ्नो घर आऊने हरू लाई तम्घास हुदै आवत जावत गर्नु पर्ने बाध्यता छ।

यसै सन्दर्भमा गुल्मिका प्रमुख जिल्ला अधिकारि भरतकुमार शर्मा सहित सुरक्षा निकाय का प्रमुख हरु कालिगण्डकि करिडोर र रिडी बुर्तिबाङ् सडक खण्ड को रिडी बिस्णुपन्जरमा गयेको बिशाल पहिरो यथासिघ्र हटाइ सडक सन्चालन गर्न निरिक्षण सहित सम्बन्धित निकाय लाइ निर्देशन दिन केहि दिन पहिले उक्त स्थानमा पुग्नु भएको थियो।

जिल्ला प्रशासन कार्यलय गुल्मीले रिडी रुद्रबेणी सडकमा गएको पहिरो हटाएर यातायात सुचारू गर्न दुबै तिरबाट एक्साभेटरले काम गरिरहेको जानकारी दिएको छ।’अाशा गरौँ छिटोभन्दा छिटो अावागमन शुरु हुनेछ।यातायात सुचारु गर्न हामी लागिरहेका छौं।विपदको अवस्थामा धैर्यताले काम गरौं’जिल्ला प्रशासन कार्यलय गुल्मीको भनाई रहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको