सुर्याेदय युवा क्लवको आयोजनामा गुल्मीको वामिमैदानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरू

रामकृस्ण कंडेल,वामीमैदान✍️

सुर्याेदय युवा क्लव मुसिकाेट नगरपालिका ८,वामि,गुल्मीले अाफ्नाे स्थापनाकाे २७अाैँ वार्षिकोत्सबकाे अवसर पारेर खुल्ला पुरुष भलिवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमकाे अायाेजना गरेको क्लबका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभएकोछ ।अध्यक्ष खत्रीका अनुसार बिभीन्न क्षेत्र बाट १६ टिमले सहभागीता जनाऊनको लागी नाम दर्ता भएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी वडानं ८ का वडाध्यक्ष नारायण सापकोटाले गर्नु भएको थियो।कार्यक्रममा वामी सेवा समिती जापानका सचिब गोकुल खत्री,शारदा बिधा मन्दिर मा बी का प्रधानाध्यापक ज्ञानहरी सापकोटा,मित्रलाल सापकोटा लगायतको बिशेष उपस्थिती रहेको छ।खुला भलिवल प्रतियोगिता सन्चालन गर्नको लागी लुम्बिनी प्रादेशिक रेफ्री हरू क्रमश नबीन छन्तेल र शोम दर्लामी लाई आमन्त्रण गरिएको छ।

‘फागुन १४ देखि १६ सम्म वामिमैदानमा कार्यक्रम अायाेजना गरिएको र आजै बाट कार्यक्रम शुरू भएकाे छ साथै रास्ट्रिय कलाकार हरूको सांगितीक प्रस्तुति समेत रहने’कार्यक्रम सन्चालक कमल बरालले जानकारी दिनुभएको छ।

खुल्ला पुरुष भलिवलका बिजेता टिमले २५ हजार ५ सय २५ तथा उप बिजेताले १५ हजार ५ सय पच्चिस रासिकाे पुरस्कार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।यसै गरि खेलका उत्कृष्ट र अनुशासित खेलाडि लाई जनहि १ हजार ५ सय नगद प्रमाण पत्र र मेडल प्रदान गरिने छ ।

यसै गरि क्लवकाे वार्षिकोत्सब कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमका साथै कमल बराल,लालमाया कुँवर,धनमाया रानाको बिशेष सांगितिक प्रस्तुति रहने छन ।युवा शसक्तिकरण,समाज सेवा,खेलकुदकाे विकासमा सुर्याेदय युवा क्लव याे क्षेत्रकै अग्रणी संस्थाकाे रुपमा कृयाशिल छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।