बृद्ध भत्ता बुढा बा आमाकाे जिउने आधार धन्यवाद सरकार

  • By : रामकृस्ण कंडेल
  • समाज

कृष्ण अन्जान,रुरु

समय यति फेरिएकाे छ गाउँ घर तिर बुढा बा आमा बाहेक घरमा अरु बस्दैनन ।छाेरा बिदेश तिर छन भने बुहारी छाेरा छाेरी पढाउन भन्दै शहरमा डेरा डण्डा सारेका छन।जागिरे छाेरा छन भने बुहारी सँगै छन ।गाउँकाे रखवालीकाे ठेक्का बुढा बा आमा सँग छ ।कतिका छाेरा बुहारी छाेरी ज्वाइँ अमेरिका अष्ट्रेलिया तिर छन उतै कमाउँछन खान्छन ।बा आमा प्रति चिन्ता गर्ने समय छैन ।

बुहारी छाेरी सुत्केरी भए भने तेल घसघास भिषामा आमा बा लाई दुईचार महिना उतै बाेलाएर सस्तो कामदारकाे रुपमा कज्याउँछन र फिर्ता पठाउँछन ।यहि हाे अहिलेकाे नेपाल ।

छाेरा छाेरीहरु लाई हुर्काए पढाए बढाए पछि उनिहरुले गाउँ छाड्छन र बा आमाले मात्र गाउँ कुर्छन ।

तर बा आमालाई छाेराछाेरीले नपाले पनि सरकारले पाल्न थालेपछि उनिहरु खासै दुखि छैनन ।

रुरुक्षेत्र १ च्यूरेक कि पुनम विक का काे अनुहारमा यतिवेला खुशि छाएकाे छ ।मासिक दुई हजार सामाजिक शुरक्षा भत्ताले गुजारा चलाउँदै आएकाे भत्तामा सरकारले मासिक एक हजार थपिदिने भएकाे छ ।

धन्न सरकार रैछ नभए कसरी जिउँथे हाेला पुनमले दुई हात जाेड्दै भन्नु भयाे जय हाेस सरकार ।

पुनम जस्ता लाखौं बा आमा का अनुहार यति बेला उज्यालो छ ।अब दुई हजार महिना पाउने ले तीन हजार र तीन हजार पाउनेले चार हजार भत्ता पाउने छन ।

गाउँ घरमा जीवन जिउने बा आमाका लागि मासिक चार हजार भत्ता धेरै हाे ।दुइजनाकाे मासिक आठ हजार हुन्छ र चार महिनाकाे बत्तिस हजार ।एक जनाकाे चार हजारले चौमासिक साेह्र हजार गाउँमा याे ग्वाम्मै ठुलाे रकम हाे ।मज्जाले रासन पानी पुग्छ ।

मनमाेहन प्रधानमन्त्री हुँदा मासिक एक सय बनाइएकाे बृद्ध भत्ता कम्युनिस्ट सरकार जतिबेला अायाे त्यति बेला नबढेकाे समय नै छैन ।एक सय भत्ताबाट मासिक चार हजार पुग्दा सरकारले बृद्धअबश्थाका लाई सम्मान मात्र हाेइन जीउनेआधार समेत दिएकाे बुझाई छ रुरुक्षेत्र १ च्यूरेक कि द्वन्द पिडित अामा यमकला ज्ञवालीकाे ।

एक सय दिँदा यति जाबाे भन्थे नहुनिलाइ एक सय पनि ठुलाे हाे झन अहिले त महिनाकाे चार हजार पुगाे गाउँमा त उस्तैलाइ खान पुग्छ ज्ञवालीले भन्नु भयाे ।

नपुग्दाे त केही छैन तर राज्यले सम्मान गरेकाे अनुभुति गरेका छु रुरुक्षेत्र ३ का जनकलाल श्रेष्ठले भन्नु भयाे ।

गाउँघरमा बस्ने बा आमाले यहि बृद्द भत्ता कहिले आउँछ भनेर कुर्ने गरेकाे र पटकपटक हाम्रो भत्ता कहिले आउँछ भनेर साेध्ने गरेकाे बताउनु हुन्छ रुरुक्षेत्र गाउँ पालिका वडा न ३ का वडा सचिव बालकृष्ण गौतम ।

हुनपनि याे भत्ता त बुढेसकालकाे सहारा भएकाे छ वडा सचिव गौतमले भन्नु भयाे ।

बा आमा ले भत्ता बुझ्न थालेपछि छाेरा छाेरिले पनि बा आमा लाई पहिला भन्दा बढि माया स्याहार गरेकाे आफुले पाएकाे रुरुक्षेत्र गाउँ पालिका वडा २ का वडाध्यक्ष घनस्याम अर्यालकाे भनाइ छ ।

याे सामाजिक शुरक्षा भता वास्तवमै बुढा बा आमा शारिरिक अपाँगता भएका एकल महिला हरुलाइ राज्यले गरेकाे सम्मान भएकाे वडाध्यक्ष अर्यालले बताउनु भयाे ।

जीवनका पछिल्ला चरण बा आमा का लागि जीवन कष्टकर हुन्छन।बिदेश मा पुगेका छाेरा बुहारी हरुलाइ कमाएकाे खान ठिक्क हुने ।छाेराकाे कमाइ बुहारीलाई शहरमा बसेर छाेराछाेरी पढाउँदै ठिक्क हुँदै गर्दा एक मुठि सास धान्न सरकारले गरेकाे भत्ताकाे ब्यबस्थाले गाऊँघरमा बा आमालाइ जीवन यापन गर्न सजिलो भएकाे छ र बुढा बा आमाले सरकारलाई धन्यवाद दिइरहेका छन ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।