नेपाली काँग्रेस उर्लाबारी—९ द्धारा निम्न परिवारलाई माक्स तथा सेनिटाईजर वितरण

नेपाली कांग्रेस वडा समिती उर्लाबारी—९ ले कोरोना कहरबाट सुरक्षित गराउने उदेश्यका साथ माक्स तथा सेनिटाईजर बितरण गरेको छ ।

९ जना कोरोना संक्रमित रहेको माहाराजस्थानमा १ हजार माक्स र ५० थान सेनिटाईजर बितरण गरिएको वडा सभापति प्रकाश कन्दङवाले बताउनुभयो । उहाँका अनुसार माक्सको बन्डेल बन्डेल नै बितरण गरिएको हो । ‘ हामीले माक्स सेनिटाईजर किन्न नसक्ने निम्न परिवारलाई छानी छानी सहयोग गरेका हौ, कन्दङ्वाले भन्नुभयो, ९ नम्बरका प्रत्येक टोलमा रहेका निम्न परिवारलाई सहयोग गर्छौ ।

वर्तमान दोस्रो लहरको कोरोनाको प्रकोप फैलिदै गएकोले त्यसबाट बच्ने प्रमुख उपायको रुपमा माक्स लगाउने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने र सामाजिक दुरी कायम गर्न युवा नेता लोलिम पोमुले अपिल गर्नुभयो । कार्यक्रममा बिजय आङबुहाङ,रोशन राई, प्रताप तामाङ,प्रताप लिम्बू, चित्र थापा लगायतको उपस्थिती रहेको थियो । माक्स पाएपछि घरमै माक्स सेनिटाईजर पाएपछि स्थानीय खुशि भएका थिए ।

वडा सभापति प्रकाश कन्दङ्वाले कलाकार सृजना सुब्बाले २५ थान सेनिटाईजर उपलब्ध गराएको जानकारी दिनुभयो ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको