विश्वकप फुटबल छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

कुवेतको कुवेत सिटीमा गएराति भएको खेलमा कठिन प्रतिद्धन्दी अष्ट्रेलिया विरुद्ध नेपालले केही संयमित प्रदर्शन गरेको थियो ।

खेलमा अष्ट्रेलियालाई विजयी गराउन म्याथ्यु लेच्की, फ्र्याङ्क काराकीक र मार्टिन बोयलले एक एक गोल गरे ।

नेपालका रोहित चन्दले ४५ औं मिनेटमा रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

यो हारसँगै नेपालले विश्वकप तथा एसियन कप छनौट चरणको समुह ‘बि’ मा चौथो स्थानमा रहँदै खेल सकाएको छ ।

पाँच टोली सहभागि समुहको पुछारमा चाइनिज ताइपेइ रह्यो ।

यो खेलपछि अष्ट्रेलिया विश्वकप फुटबलको तेस्रोे चरणको छनौट एवं एसियन कप फुटबलका लागि छनौट भएको छ ।

नेपाल भने एसियन कपको अर्को चरणको छनौट खेल्न प्ले अफ्को पर्खाइमा पुगेको छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।