एमालेको नयाँ पार्टी कार्यालयमा राखियो ‘रोबोट परी’, पहिलो पाहुना प्रधानमन्त्री ओली

काठमाडौं,धुम्बाराहीबाट थापाथलीमा सरेको नेकपा एमालेको नयाँ पार्टी कार्यालयमा आउने पाहुनाहरुलाई रोबोटले स्वागत गर्नेछ । नेपाली वैज्ञानिकहरूको प्रस्तावअनुसार सत्तारूढ दल नेकपा एमालेको नयाँ पार्टी कार्यालयमा पाहुनाका लागि ‘रिसेप्सोनिस्ट’ रोबोटको व्यवस्था गरिएको हो ।बुधबार पहिलो पाहुनाका रुपमा रोबोटले प्रधानमन्त्रीलाई स्वागत गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार नेपाली वैज्ञानिकको प्रस्ताव अनुसार कार्यालयमा आउने पाहुनालाई रोबोटद्वारा स्वागत गर्ने सकिनेछ ।

मानिसले सोधेका केही प्रश्नको जवाफसमेत दिन सक्ने ‘परी’ नामको रोबोट बुधबार कार्यालयको गेटमा राखिएको थियो। ‘रोबोट परी’ ले पहिलो पाहुनाका रुपमा प्रधानमन्त्री ओलीका बारेमा ५ मिनेटजित परिचय गराएको थियो। उक्त रोबोट नेपालमै बनेको हो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको