नमुना समाज वामी ९ जापानले यस वर्षको हरितालीका तिज भब्यरूपमा मनाऊने

युनिक खवर✍️

अर्न्तराष्ट्रिय नमुना समाज वामी ९ जापानले यस वर्षको हरितालीका तिजको अवसर पारेर जापानमा तिज कार्यक्रम भव्यताका साथ मनाउने भएको छ। संस्थाका अर्न्तराष्ट्रिय संयोजक इन्द्र थापाले युनिक खवर डट कम लाई जापान बाट दिएको जानकारी अनुसार जापानको टोकियो सिन्जुकु स्थित कुजाकु जायामा सम्पन्न संस्थाको नियमित बैठकले अगामि अगस्त २८ सोमवार (भाद्र १२ गते ) हरितालीका तिज बिबिध कार्यक्रमका साथ भव्यरूपमा मनाउने निर्णय गरिएको छ। वावुराम खराल को अध्यक्षतामा सम्पन्न कार्यसमितीको बैठकले उक्त निर्णय गरेको हो।

यस संस्था संग सम्बन्धित नेपाली चेलीहरु लाई उपस्थित गराइ दर खुवाउने कार्यक्रम समेत रहेकोले संस्था संग सम्बन्धित सम्पूर्ण व्यक्तित्वहरु लाई कार्यक्रममा उपस्थित हुन संयोजक थापाले विशेष आग्रह गर्नु भएको छ।

जापानको टोकियोमा आयोजित यस प्रकार को कार्यकम विगतकै निरन्तरता को रूपमा लिएको संयोजक थापाले जानकारी दिनु भयो।अर्न्तराष्ट्रिय नमुना समाज वामी ९ बाट विश्वभर छरिएर रहेका साविक वामी गाविस ९मा जन्मे हुर्के का वामीवासी हरुको पवित्र साझा संस्था हो।वावुराम खराल को अध्यक्षतामा ५२ सदस्यिय कार्यसमिती रहेको यो संस्था छोटै समयमा गुल्मी लाई कार्य क्षेत्र बनाई सेवामुलक कार्य सन्चालन गर्ने परोपकारी संस्थाको रूपमा परिचित छ।

स्थापना काल देखिनै गुल्मी जिल्ला का विभिन्न स्थानहरुमा आइपरेका प्राकृतिक तथा दैविय प्रकोप प्रभावितहरु लाई संस्थाले विभिन्न प्रकारका मानविय सहयोग गर्दै आएको छ। पुर्कोट दजाकोट इश्मा मुसिकोट अमराइ लगायतका स्थानमा यस संस्थाले ठुलो राशीको आर्थिक सहयोग प्रदान गरेको संयोजक थापाले बताउनु भयो। संयोजक थापाका अनुसार मृगौला पिडित राजेश रानाको उपचाराको लागि यस संस्थाले झण्डै ११ लाख सहयोग उपलब्ध गराएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।