मुसिकोट ९ पालुकाथान जाऔ,पुण्य कमाऔ

  • By : रामकृस्ण कंडेल
  • समाज

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ९ मौरिभिर थाप्ला नजिक रहेको पालुकाथान को महिमा प्रचारप्रसारको लागि स्थानीयहरु सक्रियतापूर्वक लागेको देखिन्छ l साविक अर्लाङकोट गाविस हालको मुसिकोट नगरपालिका ९ अर्लाङकोट र ददल्का को बिचमा रहेको सुन्दर आकर्षक गुरुङ बस्ति थाप्ला नजिकै पालुकाथान अवस्थित छ l यस वर्ष पालुकाथान व्यवस्थापन समितिले शिवरात्रिको महान पर्वको अवसर पारी यस स्थानमा भव्यताकासाथ शिवरात्रि पर्व  मनाएको छ l दासिकोट,अर्लाङकोट,मौरिभिर,ददल्का लगायत आसपासका क्षेत्रहरुबाट समेत दर्शनार्थीहरूको उल्लेख्य सहभागी रहेको कार्यक्रम मा दिनभर शिव भगवानको पूजा भजन कीर्तन आयोजना गरिएको थियो l 

ददल्का निवासी भेषराज चालिसे,इन्द्रमणी चालिसे,महाशर्मा उपाध्याय लगायतका गुरुहरुले पूजा कार्य सञ्चालन गर्नुभएको थियो l कार्यक्रममा उपस्थित भक्तजनहरु ले देश,विदेश तथा स्वदेश यत्रतत्र रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरु को सुखशान्ति पर्गती र उच्च सफलताको कामना गर्दै पालु देवको थानमा उपस्थित भई पालु देवको पूजाआजा गर्नु भएको छ l 

शिवरात्रीको दिन मात्र नभई वर्षको पाँच पटक यस स्थानमा विशेष पुजाआजा कार्य सञ्चालन गर्दै आएको र विगत तीन वर्ष देखि यस स्थानमा पुजा कार्य लाई व्यवस्थित रुपमा सञ्चालन गर्दै आएको पण्डित महाशर्मा उपाध्यायले हामीसँग बताउनुभयो l 

 बिगत लामो समय अगाडिदेखि पालु देव लाई सबैले मान्दै र पुज्दै आएको,यस स्थान लाई विश्वास गर्नेहरु जति सबैको धेरै प्रगति भएको हामीले प्रत्यक्ष देखेका छौं भन्दै कार्यक्रममा उपस्थित यस क्षेत्रका जानकार वयोवृद्ध ददल्का निबासी तारानाथ खरेलले भन्नुभयो l यस क्षेत्र लाई प्रचारप्रसार गरी अगाडि बढाउनको लागि सबैसँग आग्रह गर्दछु वयोवृद्ध खरेलले भन्नुभयो नजिकको तिर्थ हेला भने जस्तै यो ठाउ पछाडि परेको हो अब यस लाई हामीले पछाडि पर्न दिनुहुँदैन l 

निकै धेरै पौराणिक महत्व बोकेको यश पालुथानको महत्व लाई अब हामीले सबैसँग मिलेर अगाडि बढाउने निधो गरेका छौं भन्दै स्थानीय चन्द्रबहादुर गुरुङले भन्नुभयो “पछिल्ला दिनहरुमा हामीहरुले यहाँका भौतिक संरचनाहरुको निर्माणको लागि मुसिकोट नगरपालिकाको पनि सहयोग प्राप्त गरेका छौं र आगामी दिनहरुमा सबैले यस क्षेत्रको विकासको लागि मन खोलेर सहयोग गर्न अनुरोध गर्दछु”

यस बर्षको शिवरात्री पर्व लाई भव्यताकासाथ पालुका थानमा पूजाआजा आयोजना गरी भव्यताका साथ सम्पन्न गर्नका लागि समितिको तर्फबाट स्थानीयहरु निकै सक्रिय भएको देखियो l कार्यक्रमस्थल पालुकाथान मा उपस्थित दर्शनार्थीहरु लाई पिउनेपानी,पूजाआजा का लागि आवश्यक सामग्रीहरू व्यवस्थापनको लागि आयोजकहरु लाई निकै मिहिनेत गर्न परेको थियो l थाप्ला बाट पुग्नु पर्ने उक्त स्थानमा उक्त सामग्रीहरु पुर्याउनको लागि स्थानीयहरू को सक्रियता प्रशंसा गर्न लायक देखिन्थ्यो l 

पबित्र धार्मिक स्थल मा आकर्षक अष्टकोण निर्माण गरिएको छ l

उक्त स्थल नजिकै केही भौतिक संरचनाहरु निर्माण कार्य पनि सुरु गरिएको छ l एक विशाल वृक्ष को फेदमा पालु देवको थान रहेको छ lमहाशिबरात्री,बालाचतुर्दशी,अछेतृतिया,२ ओटा दूधधार गरि १ बर्षमा ५ पटक पुजा गर्ने गरिएको भुमा गुरुङ्ले जानकारी दिनुभयो।

खुला क्षेत्रमा थान रहेको ले पूजाआजा गर्दा पानीसमेत पर्यो भने पूजा कार्य मा अवरोध हुने भएको ले तत्काल उक्त स्थानमा एउटा मन्दिर निर्माण गर्न जरुरी रहेको समितिको तर्फबाट रामबहादुर गुरुङले सम्बन्धित पक्षहरुमा युनिक खबर डट कम मार्फत सबैको ध्यानाकर्षण गराउनुभएको छ l गुरुङका अनुसार यस स्थान को प्रचार प्रसारको लागि सबैको सहयोगको अपेक्षा गर्दै यस स्थानमा पिउने पानीको व्यवस्था पालो देवको थान रहेको स्थानमा एउटा आकर्षक मन्दिर निर्माण र थाप्ला सम्म आइपुगेको सडक लाई उक्त स्थान सम्म ल्याइपुर्याउन सक्यौं भने यहाँ आउने दर्शनार्थीहरु लाई सहज हुने छ l 

पर्यटकीय हिसावले पनि निकै रमणीय यस स्थान लाई धार्मिक दृष्टिकोणले पनि अगाडि बढाउन सकिने निकै धेरै आधारहरू देखिन्छन् l लामो पौराणिक महत्व बोकेको यसपालि पालुका थान को चर्चा धेरै पहिले बाट हुँदै आएता पनि धार्मिक तथा पर्यटकीय हिसाबले अगाडि बढाउनको लागि स्थानीय सरकारले नगरको गौरवको आयोजनाका रुपमा क्रमागत रुप मा नगरको बजेट विनियोजन गर्न आवश्यक देखिन्छ l 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।