मासिक राशिफल | Monthly Rashifal - Mero Kundali

मासिक राशिफल

बि.स. २०७७ कार्तिक १ गते, शनिबारअसोज शुक्ल प्रतिपदा राती ०९:२३ सम्म

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries

सुख सुविधा थपिनेछ, जागिरमा पदोन्नति व्यापार वृद्धि, पराक्रम वृद्धि, आफन्तको सहयोग, भाग्यले साथ दिँदा बिग्रिएको र रोकिएको कार्य वन्ने देखिन्छ । कर्म क्षेत्रमा परिवर्तन हुन सक्लान्, दाम्पत्यमा वैमनस्यता देखिनेछ । १ र ८ अंक शुभ, विजोडीबार शुभ, रातो, पहेँलो शुभ रङ, दक्षिण पूर्वको शुभयात्रा ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus

वैराग्यता, उदारवाद, सामाजिक सेवा, दान धर्ममा रुचि बढेर जानेछ, सुन्दरता, निरोगिता प्राप्त हुनेछ, व्यापार बढ्नेछ । आफन्तको सुख, सहयोग मिल्नेछ । धन खर्च हुने, धन आगमनमा बाधा आइपर्नेछ । पराक्रमको प्रतिफल मिल्न अझै केही समय लाग्नेछ । २ र ६ अंक शुभ, जोडीबार शुभ, खरानी र सेतो रङ शुभ, दक्षिण पूर्वको शुभयात्रा ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini

घमण्ड र उद्दण्डता बढ्नेछ । सरकारी नोकरीमा पदोन्नति हुनेछ । आकर्षक धन प्राप्त हुनेछ । साहसिक कार्यबाट मान, प्रतिष्ठा बढ्नेछ । चोटपटक तथा साधारण दुर्घटना हुन सक्ने, विदेशमा रहेकाहरूलाई शुभ समय छ । पति–पत्नीमा वैमनश्यता बढेर जानेछ, विद्यार्थी वर्गको शिक्षा क्षेत्रमा कमजोरी रहनेछ । विजोर अंक शुभ ३ र ६ शुभबार, विजोडीबार शुभ, रङमा हरियो र निलो शुभ, उत्तर पश्चिमको यात्रा शुभ रहनेछ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

साहसिक कार्य गर्न सकिनेछ । आत्मबल वृद्धि गरे रोकिएका कार्यहरू सहज सफल बनाउन सकिनेछ । सरकारी पद, धनमा वर्चश्व कायम तथा पद, प्रतिष्ठा, रोजगारीमा लाभ हुनेछ । देश तथा विदेशको यात्रा भ्रमण सफल हुनेछ । रोग तथा शत्रुले दुःख दिनेछन् । खर्च बढेर जानेछ । दाम्पत्यमा विमेल रहनेछ । २, र ४ अंक शुभ, जोडीबार शुभ रहनेछ । खरानी रङ शुभ, उत्तर पूर्वको यात्रा शुभ रहनेछ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

व्यय, हानि–नोक्सानी र खर्च व्यहोर्नु पर्नेछ । मानसिक रोगले आत्महत्यासम्मको अवस्थामा पु¥याउन सक्छ । विद्या, बुद्धि, विनय राम्रो रहनेछ । दुर्घटनामा परिनेछ । सन्तान सुख रहनेछ । चोटपटक तथा मृत्युतुल्य कष्ट रहन सक्नेछ । व्यापार व्यवसाय फस्टाउने छ । विजोडीबार, १, ५ अंक शुभ रहनेछ । रातो, गुलाफी रङ राम्रो, पूर्व उत्तरको यात्रा शुभ रहनेछ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo

कर्म प्राप्ति हुनेछ । धनलाभ हुनेछ । जागिर मिल्ने योग छ । प्रेमी–प्रेमिकाबीच वियोग रहनेछ । राशी स्वामी अस्त भएकाले मानसिक असर, आर्थिक हानि, स्वास्थ्यमा समस्या देखा पर्नेछ । दाम्पत्यमा विवाद रहनेछ । व्यापारमा मध्यम तथा घाटा पनि हुन सक्ला । विजोडी अंक, १, ५ अंक शुभ रहनेछ । गुलाबी रङ राम्रो, पूर्व उत्तरको यात्रा शुभ रहनेछ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

कर्म राम्रो प्राप्ति हुनेछ । पिता र पुत्रबीचको सम्बन्ध प्रगाढ रहनेछ । सरकारी जागिरमा पद, प्रतिष्ठा तथा मान, मर्यादाको प्राप्ति हुनेछ । घर बाहिरको कार्यबाट सुख तथा कर्म प्राप्ति हुने देखिन्छ । चोटपटक लाग्न सक्ने तथा स्वास्थ्यमा धन खर्च हुने देखिन्छ । देश–विदेशको यात्रा सफल हुनेछ । जोडीबार शुभ तथा खरानी तथा सेतो रङ शुभमध्येमा गनिने र दक्षिण पूर्वको यात्रा शुभ रहनेछ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio

वाणी विकारी रोग लाग्ने देखिन्छ । धनमा रोकावट रहेनछ । परीक्षा प्रतियोगितामा सफलता मिल्नेछ । सन्तान लाभ, मनोरञ्जन, खेलकुद आदिमा मन जानेछ । भाग्योदय हुने हुँदा रोके बिग्रिएका कार्यहरू सुचारु र सफल रहनेछ । १ र ८ अंक शुभ रहने, विजोडीबार शुभ, रातो र कलेजी रङ शुभ रहनेछ । दक्षिण पूर्वको यात्रा शुभ मानिनेछ ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius

नेत्र तथा शिर पीडा हुनेछ । शरीर तात्ने, ज्वरोको समस्या आउने स्वास्थ्यमा उतार चढाव मानसिक समस्या आउने देखिन्छ । दाम्पत्यमा वैमनस्यता सृजना हुनेछ । नोकरी तथा जागिरमा विवाद रहने देखिन्छ । कठोर वाणी हुनेछ । सहसिक कार्य गरेकाहरू जस्तै विशाल कार्य गर्न सक्नेका लागि मनग्य फाइदा हुने देखिन्छ । ३ र ९ अंक शुभ रहनेछ । विजोडीबार शुभ रहनेछ, पहेँलो गुलाबी रङ शुभ रहनेछ, उत्तर र पश्चिमको यात्रा शुभ मानिनेछ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn

आँट, जाँगर र जोश बढेर जानेछ । जागिर मिल्ने योग छ । वैदेशिक रोजगारीमा सफल, ठेक्का पट्टामा फाइदा रहनेछ, वैदेशिक व्यापार वृद्धि हुनेछ । साझेदारी तथा संयुक्त लगानीमा घाटा हुने देखिन्छ । पति–पत्नीमा टाढिनु पर्नेछ । दाजुभाइ, आफन्त इष्टमित्र, आफन्तको मेलमिलाप तथा सद्भाव बढ्नेछ । ५ र ७ अंक शुभ रहनेछ, विजोडीबार शुभ रहनेछ, खरानी तथा निलो शुभ रहनेछ, उत्तर पश्चिम दिशा शुभ रहनेछ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius

परेशानी, पीडा, स्वास्थ्यमा धन खर्च , शिर तथा नेत्र पीडा रहनेछ । रिस तथा घमण्ड बढेर जानेछ । स्वर चर्को हुनाले झगडा हुन सक्नेछ । प्राकृतिक प्रकोप, पानी तथा आगोबाट बच्नु पर्नेछ । बिजुली तथा मेशिनरी सामानको व्यापार गर्नेहरूलाई मनग्य लाभ हुनेछ । परीक्षा तथा प्रतियोगितामा सफलता हासिल गर्न सकिनेछ । विजोडी अंक १ र ७ शुभ तथा विजोडी बार, शुभ रङमध्येमा रातो र गुलाबी रङ शुभ रहनेछ, दक्षिण पश्चिमको यात्रा शुभ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces

प्रतियोगितामा सफल, मान, इज्जत, प्रतिष्ठामा प्राप्ति । सामाजिक प्रतिष्ठामा बढावा रहनेछ, पुत्रलाभ हुनेछ । फेन्सी तथा कस्मेटिक, स्कुल, कलेज तथा शैक्षिक क्षेत्रमा लाभ रहनेछ । रातो कलेजी, विजोडी बार तथा विजोडी अंक शुभ, उत्तर पश्चिमको यात्रा शुभमध्येमा गनिनेछ । अस्तु । शुभम् ।

                  अधिक जानकारीको लागि, तपाईंले Playstore मा Mero Kundali एप डाउनलोड गर्न सक्नुहुन्छ । तपाईंले Mero Kundali एप बाट राशिफल पढनुका साथ साथै ज्योतिषलाई नि:शुल्क प्रश्न सोध्न सक्नुहुन्छ,चीना अर्डर गर्न सक्नुहुन्छ र पुजा सामाग्रीहरु पनि अर्डर गर्न सक्नुहुन्छ ।

Related Post