दोर्दीका जलविद्युत् आयोजनामा करोडौंको क्षति

अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधिन चारवटै जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीले निर्माणाधिन जलविद्युत् आयोजनाहरुमा करिब एक अर्बको क्षति पुगेको प्रारम्भीक अनुमान गरीएको कारोबार अनलाइनले लेखेको छ।

बाढीका कारण दोर्दी खोलामा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। खोलामा आएको बाढीका कारण आयोजनाको निर्माणाधिन बाँध क्षेत्र सँगै पावर हाउसमा समेत क्षति पुगेको छ।

दुईवटा हेड वक्र्स रहेको सो आयोजनाको दुवै संरचनामा क्षति पुगेको छ। आयोजनाको अडिट टनेल, मुख्य टनेल लगायतका संरचनाहरुमा बाढी पसेपछि अधिक क्षति भएको हो। बाढीले आयोजनाको संरचनामा क्षति पुग्नुका साथै एक्साभेटर, विद्युतिय उपकरण सहितका करोडौ मूल्य बरावरका सामग्री बगाएको आयोजना प्रवद्र्धक कम्पनीका अध्यक्ष इजन बरालले बताउनुभयो। अध्यक्ष बरालका अनुसार आयोजनाको संरचना सँगै निर्माणधिन १३२ राष्टिय प्रशारण लाइन पनि प्रभावित भएको छ। प्रशारण लाईनका चारवटा पोल ढलेको अध्यक्ष बरालले बताउनुभयो।

यसैगरी दोर्दी खोलामा आएको बाढीका कारण लिवर्टी इनजी प्रालिद्धारा निार्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ए आयोजनामा पनि क्षति पुगेको छ। माथिल्लो दोर्दी ए आयोजनाको मात्रै हेडवक्र्स, इन्टेक र डिसेन्डरमा क्षति पुगेको र केहि उपकरण बाढीले बगाएको अयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो।

दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधिन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। लमजुङ विद्युत विकास कम्पनीद्धारा निर्माणाधिन बाढीका कारण सो आयोजनाको पावरहाउनमा क्षति पुगेको र क्षतिको एकिन विवरण आईनसकेको आयोजनाले जनाएको छ।

दोर्दी खोलामा आएको बाढीको कारण दोर्दी खोलामै निर्माण सम्पन्नको चरणमा रहेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत अयोजनामा पनि क्षति पुगेको छ। हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको सो आयोजनाको पनि बाँध क्षेत्रमा ठूलो क्षति पुगेको छ भने मस्र्याङदी नदिमा आएको बाढीका कारण पावरहाउसको बाहिरी संरचनामा क्षती पुगेको आयोजना प्रमुख गुरुराज ढकालले जानकारी दिनुभयो।

जलविद्युत आयोजनासँगै दोर्दी खोलामा आएको बाढीले केहि साता अघिमात्रै निर्माण सम्पन्न १३२ केभी राष्टिय प्रशारण लाईनको चारवटा पोल पूर्ण रुपमा क्षति पुगेको छ। दोर्दी ८ बन्सार हिलेमा राखिएका चारवटा पोल बाढीका कारण पूर्ण रुपमा ढलेका छन् भने अन्य केहि पोलहरु उच्च जोखिममा रहेको आयोजना प्रमुख रमेश पौडेलले बताउनुभयो।

अत्याधिक पानीको बहावसँगै आएको बाढीले दोर्दी गाउँपालिका अन्तर्गत खोला वारपार गर्ने सडकहरू बगाएको छ। दोर्दीमा दुईवर्ष अघि पनि ठूलो बाढी आउँदा निर्माणाधिन जलविद्युत आयोजनाहरु प्रभावित भएका थिए। हाल निर्माण सम्पन्नको चरणमा पुगेका तिनवटा आयोजनाहरुमा पुनः बाढीको प्रभाव परेपछि निर्माण अवधी र खर्च समेत बढ्ने निश्चित भएको छ।

अविरल वर्षा सँगै दोर्दी खोलमा आएको बाढीले बन्सारका १५ घर बगाएको छ। दोर्दी ८ बन्सार, हिले दोर्दी किनारमा रहेका १५ घर बगाएको हो। स्थानिय केदार बोहोराका अनुसार दोदी ८ बन्सारका आईते दमै, कन्या तामाङ, गंगा गुरुङ, अमृता विक, राम विक, मैत गुरुङ, चतुरे भनिने व्यक्ती लगायतको घर बगाएको हो। बाढीकै कारण खोला आसपास बस्दै आएका ६० घर विस्थापित समेत भएका छन्।

प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाईटी, आरसिडिसीको सहयोगमा नेपाली सेनाले राहात पुर्‍याउने प्रयास गरिरहेको छ। खोलामा पानीको बहाव केही कम भएपनि सडक पहुँच नहुँदा अहिले प्रभावित क्षेत्रमा जानसक्ने अवस्था नभएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले बताउनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको